
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बैशाख र मङ्सिरलाई विवाहको मौसमका रुपमा चिनिने गरिन्छ । यहि समयमा थुप्रै जोडीहरु विवाह बन्धनमा बाँधिने गरेका छन् । प्रेम विवाह गरेकाहरुले त एक अर्कालाई राम्रैसँग चिनेका हुन्छन् । तर मागी विवाह गर्नेलाई भने विवाहको चटारो सँगै अरु थुप्रै कुराहरुले पिरोल्ने गरेको छ । तीमध्ये एक हो, ‘आफ्ना श्रीमानसँगको पहिलो यौन सम्बन्ध । ‘पहिलानै अरु कसैसँग यौन सम्बन्धबारे थाहा नदिन विवाहको पहिलो रातका लागि भन्दै थुप्रै युवतीहरुले घातक औषधि प्रयोग गर्ने गरेको पाइएको छ । यता यहि विवाहकै समयमा योनी टाइट गर्ने सामाग्रीहरुको विक्री पनि बढेको छ ।
अचाक्ली बढ्यो योनी टाइट गर्ने औषधिको विक्री :
काठमाडौँमा रहेका थुप्रै सेक्स टोई शपदेखि अन्य यस्ता सामाग्री पाउने पसलहरुमा योनी टाईट गर्ने सामाग्रीको विक्री ह्वात्तै बढेको छ । ‘मङ्सिर लाग्दैगर्दा यस्ता सामाग्रीहरुको माग बढेको छ ।’ न्यूरोडमा यस्ता सामग्रीहरुको विक्री गर्ने व्यापारी रामकृष्ण कार्की भन्छन्, ‘यस्तो समयमा विशेषगरी योनी टाइट गर्ने औषधिको माग बढेको छ । योनी टाइट गर्ने मात्र होइन ‘पुन: ‘भर्जिन’ हुने औषधि हुन्छरे नि !’ भन्दै पसलमा आउने युवतीहरुको संख्या पनि निकै बढेको छ ।’ अर्थ सरोकार डटकमसँग उनले भने । उनी अगाडी भन्छन्, ‘मागसँगै यस्ता औषधिको मूल्य पनि बढेको छ ।’ तर पसलसम्म यो औषधि किन्न आउने युवतीहरु मूल्यको प्रवाह नगरी उक्त औषधि किन्ने गरेको उनको भनाइ छ ।
पुन: भर्जिन हुने भन्दै घातक औषधिको प्रयोग
यता पुन भर्जिन हुने भन्दै कतिपय युवतीहरुले घातक औषधिको समेत प्रयोग गर्ने गरेको पाइएको छ । यस्ता औषधिले महिलाको प्रजनन स्वास्थ्यमा असर गर्ने भएपनि विशेषगरी भारतबाट आयात हुने यस्ता औषधिहरुले महिलाहरुको स्वास्थ्यमा ठूलो असर गर्ने गरेको छ । ‘युवतीहरु पुन: भर्जिन बनाउने औषधि छ ? भनेर सोध्न आउने गरेका छन् ।’ सेक्स टोईका व्यापारी समेत रहेका रामकृष्ण कार्की भन्छन्, ‘ मैले बुझेअनुसार एक पटक कुमारीत्व गुमेपछी त्यो फर्किने कुरा होइन । तर कसैसँग यौन सम्बन्ध राख्दा रगत निकाल्नकै लागि लिइने औषधिले भने ज्यानमा खतरा हुन सक्ने सम्भावना बढी हुन्छ ।’
सरकारको आँखा छलेर ल्याइन्छ यस्ता औषधि, लाखौँको करछली :
औषधि भन्ने बितिक्कै बेच्नका लागि छुट्टै इजाजत लिनुपर्छ । तर योनी टाइट बनाउने वा पुन: भर्जिन हुने बहानामा युवतीहरुले प्रयोग गर्ने विभिन्न औषधिहरु सरकारको आँखा छलेर करछली गरी गैरकानुनी रुपमा नेपाल भित्र्याउने गरिन्छ । ‘ यस्ता औषधि भित्र्याउने एउटा गिरोह नै नेपालमा छ । विशेषगरी बैशाख र मङ्सिरमा यस्ता समानहरुको माग बढ्ने हुनाले यसको गैरकानुनी रुपमा विक्री वितरण गर्नेहरुको संख्या पनि ठुलो छ । कतिले चक्कीका रुपमा त कतिले मल्हमको रुपमा यस्ता सामाग्रीहरुको विक्री वितरण गरिरहेका छन् ।
यो पनि पढ्नुहोस् :
यो पनि पढ्नुहोस् :