- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल दक्षिण एशियामा नै सबैभन्दा राम्रो कानुनी राज्य भएको देश मध्ये पहिलो देश हुन सफल भएको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एशियाका अन्य राष्ट्रलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएको हो ।

विश्वका ११३ देशको सूचीमा नेपाल ६३ औं स्थानमा परेकोे छ । नेपालभन्दा भारत ३ नम्बर पछाडि अर्थात ६६ औँ स्थानमा रहेको छ । विश्वमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश डेनमार्क बनेको छ । दोश्रोमा नर्बे, तेश्रोमा फिनल्याण्ड, चौथोँमा स्वीडेन र पाचौँमा नेदरल्याण्ड पर्न सफल भएका छन् ।
दक्षिण एसियामा भारतपछि श्रीलंका ६८, बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेका छन् । त्यसैगरी छिमेकी मुलुक चीन ८० औँ स्थानमा रहेको छ । नेपालले भारत र चीनलाई समेत पछाडी पारेको हो ।
।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्