×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतसँग भएको २५ बुँदे संयुक्त बक्तब्य सच्याइयो भन्नु केटाकेटी खेल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतसँग भएको २५ बुँदे संयुक्त बक्तब्य सच्याइयो भन्नु केटाकेटी खेल’

८ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री पुस्पकमल दाहालको भारत भ्रमणका बेला जारी भएको २५ बुँदे संयुक्त बक्तब्य नेपालमा तीब्र आलोचनाको बिषय बन्यो । प्रधानमन्त्री दाहालले यसको प्रतिरक्षा गर्ने प्रयास गरे पनि त्यो सम्भव थिएन । उनकै दलभित्र यसबारे आलोचना भयो । बिशेष गरी उक्त बक्तब्यमा उल्लेखित नेपालको पररास्ट्र नीति भारतसँग समन्वयमा सञ्चालन गर्ने, भारतीय दूतावास र नेपाल सरकारलाई प्रोटोकलमा समान हैसियत रहने अर्थ लाग्ने बुँदा आलोच्य थिए । उक्त सम्झौताको प्रभाव बर्तमान सरकारको विदेश सम्बन्ध सञ्चालनमा देखिसकिएको छ । जुन चिन्ताको बिषय हो । 
यस पृष्ठभूमिमा गत कात्तिक ३ गते संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २५ बुंदेमा उल्लेखित मध्ये ‘नेपाल सरकार र काठमाडौँ स्थित भारतीय दूतावासका प्रतिनिधि’ रहने गरी योजना अनुगमन गर्ने संयन्त्र निर्माण गर्ने बिषयमा कमजोरी भएकाले ‘गोआ भ्रमणमा महामहिम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गरी सच्याइएको’ जानकारी दिए । 
दुई रास्ट्र परमुखको सहमतिमा प्रकाशित बक्तब्य दुबैको सहमति भए उल्ट्याउन वा सच्याउन सकिन्छ । तर गोआको साइडलाइन भेटमा संयुक्त बक्तब्यबारे कुरा भएको भए पनि बक्तब्य नसच्चिएको पररास्ट्र मन्त्रालय स्रोतले बतायो । ‘कुटनीति सञ्चालन केटाकेटी खेल हो रु १५ दिन अघि वक्तब्यमा सहि गर्ने अनि १५ दिनपछि गल्ती भयो सच्याईपाउँ भन्ने हुन्छ रु’ स्रोतले प्रतिपश्न गर्यो । 
हुन पनि नेपाल र भारतको सरकारी अभिलेखमा उक्त संयुक्त बक्तब्य अहिलेसम्म जस्ताको त्यस्तै सुरक्षित छ । कुनै पनि बुँदा सच्याइएको छैन । ‘गोआ भेटमा दुवै देशका विदेश  मन्त्रालयका प्रतिनिधि थिएनन् । उक्त भेटका आधारमा २५ बुँदे बक्तब्य सच्याइएको छैन र सच्याउने पहल पनि भएको छैन’ स्रोतको दावी छ ।  
यस्तो अवस्थामा पार्टी भित्र र बाहिर भएको आलोचना मत्थर पार्न मात्र प्रधानमन्त्री दाहालको भनाई आएको बुझ्न गार्हो छैन । त्यसमाथि जतिबेला भारतमा  २५ बुँदे वक्तब्य माथि रस्साकस्सी चल्दैथियो, काठमाडौमा पत्रकार सम्मेलन गरी लोकमान सिंह कार्कीले लडाकु शिबिर भ्रष्टाचारको फाइल खोल्ने र माओवादी शीर्ष नेतृत्वलाई कारवाही गर्ने चेतावनी दिएका थिए । यसरि लोकमान समेत अघि सारेर धम्की दिंदै हस्ताक्षर गराएको नेपाललाई भुटान बनाउने तर्फ केन्द्रित बक्तब्य प्रधामन्त्री दाहालको एकै अनुरोधमा मोदी नेत्रत्वको भारतले सच्यायो भनी पत्याउने आधार छैन ।
 चक्रपथ  अनलाइबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी