×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन भष्ट्राचार काण्डमा लोकमानले उन्मुक्ति दिएका भीआइपि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी हुन भष्ट्राचार काण्डमा लोकमानले उन्मुक्ति दिएका भीआइपि

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लोकमान सिंह कार्कीले गभ्भीर प्रकृतिको भष्ट्रचारका मुद्धाहरु तामेलीमा राख्दै भष्ट्रचारीहरुलाई उन्मुक्ति दिने गरेको भेटिएको छ ।
यसरी शंकास्पद फाइल तामेलीमा राखी वार्गेनिङ गर्ने प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सघाउनेमा अर्काे आयुक्त राजनारायण पाठक रहेको भेटिएको छ ।
जस्तोः धोबीखोला करिडोर आयोजनाको भ्रष्टाचार उजुरी छानबिनमा काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन जिल्ला आयुक्त भाइकाजी तिवारीसहितका केही प्राविधिक मुछिएका थिए ।
त्यस्तै २०७१ फागुनमा एन्फा अध्यक्ष गणेश थापाविरुद्धको उजुरी तामेलीमा राखिएको थियो । निजी विद्यालयका ठूलो लगानीकर्ता रहेका र विभिन्न दलबाट सांसद भएका गीता राणा, बाबुराम पोखरेल र उमेश श्रेष्ठविरुद्ध अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको उजुरी छानबिन थालेको थियो । निकै होहल्ला र प्रचारबाजीका साथ छानबिन सुरु गरिएका फाइल बीचैमा बन्द भए । ‘यसबीचमा ठूलो आर्थिक चलखेलको सूचना आएका थिए,’ आयोग सम्बद्ध स्रोतले भन्यो ।
चुनावी सरकारका पालामा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र सिँचाइ मन्त्रालय सम्हालेका पूर्वमन्त्री छविराज पन्तलाई समेत गैरकानुनी सम्पत्ति आर्जनको उजुरी छानबिनका क्रममा निकै धम्क्याइएको स्रोत बताउँछ ।
माओवादी केन्द्रका नेता एवं मन्त्री कृष्णबहादुर महरामाथि प्रारम्भिक छानबिन नहुँदै प्रचारबाजी गरेको अख्तियारले उजुरी तामेलीमा राखेको छ ।
विशालबजार कम्पनीमा भएको अनियमिततामा सञ्चालक समितिकै केही व्यक्तिमाथि मुद्दा चल्दा केहीलाई भने रहस्यमय ढंगले जोगाइएको छ । भूमिसुधारमन्त्री विक्रम पाण्डेविरुद्ध पनि अख्तियारले प्रारम्भिक अनुसन्धान गरी मुद्दा तामेलीमा र्पुयायो ।
त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन अरुण सायमीविरुद्धको उजुरी पनि यसैगरी तामेलीमा र्पुयाएको थियो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाविरुद्धको उजुरी पनि तामेलीमा पठाइएको छ ।
कतिसम्म भने गैरकानुनी सम्पत्ति आर्जनका उजुरीमा परेका नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार नीलमणि उपाध्याय अख्तियारमा स्वास्थ्य सल्लाहकार बनाइयो ।
यता,२०७१ चैत १६ को निर्णयले मेडिकल काउन्सिलका पूर्वउपाध्यक्ष शशि शर्माविरुद्धको उजुरी पनि तामेलीमा पठाइदियो ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी