Skip to content
LAXMI SUNRISE BANK

जापान पुगेर डा. बाबुराम भट्टराईले भने, ‘म भोट माग्न आएको होईन’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तरार्ष्ट्रिय नेपाली समाज जापान (INS Japan) ले यही महिनाको १८ तारीख आइतबार टोकियोमा आयोजना गरेको ‘नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरूको भूमिका तथा आवश्यकता’ विषयक बृहत् खुला अन्तरक्रिया कार्यक्रम भव्य रुपमा आयोजना गरेको थियो । 
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उक्त कार्यक्रमको प्रमुख अतिथी थिए । प्रमुख अतिथले कम्प्युटर क्लिक गरेर प्रोजेक्टरबाट ब्यानर प्रदर्शन गर्दै उद्घाटन गरिएको उक्त कार्यक्रम नयाँ शैलीले संचालन गरिएको थियो । उक्त कार्यक्रमलाई संबोधन गर्दै भट्टराइले न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले नेपालको विकास हुन नसक्ने बताएका छन् ।  साथै उनले कार्यक्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन प्रणालीले राजनैतिक स्थिरता क़ायम गरी समृद्ध राष्ट्र बनाउन सकिने अभिव्यक्ति समेत दिएका थिए । 
उनले जापानबासी नेपालीहरु माँझ भोट माग्न जापान नआएको दाबी गरे । ‘म जापानबासी नेपालीलाई बहकाएर भोट माग्न आएको होइन। जापानको विकासको मोडेलबारे जानकारी लिन आएको हुँ’, उनले भने।
कोरीयामा भएको कार्यक्रमलाई सम्बोधन गरेर जापान पुगेका भट्टराईले जापान र कोरीया विश्वकै उत्कृष्ट विकास मोडेल भएका राष्ट्र भएको र नेपाललाई पनि त्यस्तै बनाउने सपना रहेको बताए । कार्यक्रममा स्थिर सरकार बिना मुलूकको विकास हुन नसक्ने भन्दै भट्टराईले प्रत्यक्ष निर्बाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने कुरालाई  उनले बढी जोड दिए ।
मुलुकको सबैभन्दा माथिल्लो कार्यकारी पदमा पुगिसकेकाले पदको लोभ नभएको भन्दै आर्थिक विकास नै आफ्नो प्रमुख एजेण्डा भएको उनको भनाइ थियो ।
कार्यक्रममा नयाँ शक्ति पार्टिका प्रवास प्रादेशिक समिती संयोजक नवराज सुबेदी बिशिष्ट अतिथि, सचिवालय सदस्य कृष्ण सर्मा विशेष अतिथि, अन्तराष्ट्रिय नेपाली समाज अस्ट्रेलियाका संयोजक विनोद पौडेल अतिथीको रुपमा नयाँ शक्ति पार्टी र उक्त बिषयमा आफ्ना अभिव्यक्ति राखेका थिय त्यस्तै अतिथिहरु एन आर एन ए आई सी सी उपाध्यक्ष भवन भट्ट लगाएत जापानमा रहेका बिभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, बुद्दिजीबी, पत्रकार महासंघ र अन्य संघ संगठनका प्रतिनिधिहरुले उक्त बिषयमा आ-आफ्नो अभिव्यक्ति राखेका थिए ।
नयाँशक्तिका कार्यकर्ताहरु बाहेक जापानबासी नेपालीहरुको ठुलो संख्यामा उपस्थिति थिए । विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको उपस्थिति रहेको कार्यक्रममा भट्टराईले जापानबासी नेपालीका विभिन्न पेशागत अनुभवलाई निकै चाख मानेर सुनेका थिए।
उक्त कार्यक्रम नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज जापान (INS Japan) का संयोजक तथा केन्द्रिय परिषद सदस्य पदम सिंग ठगुन्नाको सभापतित्वमा सम्पन्न भएको थियो भने जापानबाट प्रवास प्रादेशिक समिती सदस्य रहेका भुवन रोकाले बिच बिचमा आफुले रचना गरेका राजनिती सम्बन्धि ब्यग्यात्मक र राष्ट्रियताले ओतप्रोत भएका मुक्तकहरु सुनाउदै रोचक ढंगले कार्यक्रम संचालन गरेका थिए । 
आईतबार पहिलो सत्रमा “राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम” राखिएको थियो। यस कार्यक्रममा जापानमा रहेका पार्टी सदस्यहरुलाई डा. बाबुराम भट्टराई, नवराज सुवेदी र कृष्ण सर्माले प्रशिक्षण दिएका थिए । 
सेप्टेम्बर १७ तारीख  शनिबार जापान आइपुगेका भट्टराईले नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउदै एनआरएनए जापानका पदाधीकारी र ब्यवसायीसँग उनले छलफल गरेका थिए । शनिबार 
भट्टराईको उपस्थितिमा एक कार्यक्रम मार्फत जापानका ब्यवसाय गर्दै आएका ब्यक्तिहरु र बिभिन्न पेसामा कार्यरत ११० जना नयाँ शक्तिमा प्रबेश गरेका थिए  भने आइतबार नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि उनको सहभागिता रहेको थियो । सम्पुर्ण कार्यक्रम सकाएर सोमवार बिहान भट्टराई लगायत पार्टिका अतिथिहरु नेपाल फर्किएका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK