×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवाभन्दा डिभी पिआर प्यारो, घर जाने तयारीमा तीन डिआइजीसँगै तीन एसएसपी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेवाभन्दा डिभी पिआर प्यारो, घर जाने तयारीमा तीन डिआइजीसँगै तीन एसएसपी

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । दुई डिआइजीले राजीनामा नगरी विदामा बस्दा एसएसपीबाट डिआइजी हुने चरणमा रहेकालाई बेफाइदा भएको छ । पछिल्लो समय नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरू रामकुमार खनाल र केशव अधिकारी अहिले विदा लिई विदेश भ्रमणमा रहेका छन् । 
उनीहरू नआउने गरी विदामा बसेकाले एसएसपीबाट डिआइजी हुन लागेका गणेश केसी, केदार भण्डारी र लव विष्टलाई अवरोध भएको छ । डिआइजी खनाल क्यानाडामा छन् भने अधिकारी अमेरिकामा । डिआइजी खनालकी श्रीमतीले क्यानाडाको पिआर लिएकी छिन ्। त्यसैले उनी पनि बिदा लिएर उतै पारिवारिक भेटघाटका लागि गएका हुन् । अर्का डिआइजी अधिकारी छोराको ग्राजुएसन डेमा सहभागी हुन भन्दै अमेरिका लागेका पुगेका छन् । 
भाद्र ३० गतेसम्मको बिदा लिएका भए पनि उनी थप बिदा लिने तयारीमा रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो । उनीहरूले राजीनामा दिएको भए प्रहरी प्रधानकार्यालयले तीन जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सक्थ्यो तर बिदामा बसिदिँदा केसी, भण्डारी र विष्ट पनि उनीहरूसँगै घर जानुपर्ने अवस्था आएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ । 
दुवै डिआइजीसहित अर्का डिआइजी हेमन्त मल्लले पनि २७ कात्तिकमा सेवा अवधिका हिसाबले अवकाश पाउँदै छन् । खनाल र अधिकारी अब यसभन्दा माथिल्लो पदमा बढुवा नहुने पक्का भएपछि विदेशतिर लागेको हुनसक्ने अनुमान प्रहरी उच्च अधिकारीले नै गर्छन् । उनीहरू तीनै जना ०६५ कात्तिक २६ मा बढुवा भएका थिए । उनीहरू यही कात्तिक २७ गतेबाट प्रहरी सेवामा हुँदैनन् । 
‘अब यहाँ पनि माथि जान सक्ने ठाँउ छैन, अनि त्यही पोस्टमा हल्लिएर के गर्नु भन्ने सोचाइ आयो होला’, उनीहरू भन्छन्, ‘त्यसैले विदेश गएको हुन सक्छ । फर्कन सक्ने सम्भावना कम देखिन्छ ।’ हुन त यसभन्दा अघि पनि सरूवा र बढुवामा चित्त नबुझेपछि प्रहरी संगठन छोडेर विदेश जाने र अन्य क्षेत्रमा लाग्ने प्रहरी अधिकृतहरू नभएका होइनन् । 
तर, पछिल्लो समयमा प्रथम श्रेणीका अधिकृतले राजीनामा दिएर विदेश पलायन हुनुभनेको भने यो पहिलो घटना हुनेछ । केसी लागुऔषध ब्युरोमा छन् । भण्डारी बागमती अञ्चल प्रहरी कार्यालय र विष्ट कल्याण शाखाको प्रमुख छन् । डिआइजी खनाल, अधिकारी र मल्लले २०४३ सालमा प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका थिए । 
३० वर्ष सेवाअवधि बिताइसकेको संगठनलाई केही समय बाँकी हुँदा नै छोडेर जानुलाई राम्रो मान्न नसकिने उच्च प्रहरी अधिकृतहरू वताउँछन् । पछिल्लोपटक प्रहरी वरिष्ठ उपरीक्षक सुबोध घिमिरेले पनि दुई वर्ष अवधि बाँकी छँदै राजीनामा दिएका थिए । प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षक बनाउँदा पछि पारियो भन्ने उनको गुनासो थियो । अब डिआइजी हुने सम्भावना कम देखेपछि उनले पनि आफ्नो बाटो तताएको उनकै समकक्षीहरू बताउँछन् ।
उनीहरूसँगै एसएसपी त्रय गणेश केसी, लव विष्ट र केदार भण्डारी पनि बढुवा नभई घर जाने अवस्था छ । एसएसपी घिमिरेसहित गत वैशाख यता भने दुई सय सात जनाले सेवाबाट राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक एक–एक जनाले राजीनामा दिएका थिए । प्रहरी नायब निरीक्षक आठ, प्रहरी सहायक निरीक्षक ६४, प्रहरी हवल्दार ५९ र प्रहरी जवान ७० जनाले राजीनामा दिएका हुन् ।
गत वर्ष तीन डिएसपीसहित एक हजार दुई सय २१ जनाले प्रहरी सेवा छाडेका थिए । प्रमोसन पनि नहुने, मिसनमा जान सोर्सफोर्स पनि नभएका र प्रमोसन पनि नहुने भएकाहरूले छोड्ने गर्छन् । खाडी मुलुकका साथै मकाउ र मलेसियामा सेक्युरिटीमा राम्रो कमाइ हुन थालेपछि संगठन छाड्ने क्रम बढेको छ । त्यस्तै, माथिल्लो तहका अधिकृतहरू भने अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडा जाने र उतै बस्ने गरेका छन् । 
अहिले कमाइ, इज्जत, प्रतिष्ठा सम्मान पाउने भएकाले पनि युवा आकर्षित चार महिना अघि इन्सपेक्टर दीपक भण्डारी, दुई महिनाअघि डिएसपी आनन्दजंग थापाले नेपाल छाडिसकेका छन् । करिब २ वर्ष अगाडि पनि एक एसएसपी घनानन्द भट्ट, डिआइजी बढुवामा अगाडि थिए । ‘जुनियर’लाई बढुवा गराएपछि उनले प्रहरी सेवामा बसिरहन आवश्यक ठानेनन् र आप्mनो २७ वर्षे सेवाबाट विश्राम लिएका थिए । 
डिएसपी जगदीशचन्द्र पोखरेल २ वर्ष अगाडि नै श्रीमतीलाई डिभी परेपछि जागिर छोडेर अमेरिका पुगे । डिएसपी दिवेश उदास पनि उतै भासिए । अहिले प्रहरीका दुई डिआइजी र दुई एआइजी डिभी र पिआर बोकेरै जागिर खाइरहेको प्रहरी स्रोत बताउँछ । जनप्रहार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी