Skip to content
LAXMI SUNRISE BANK

५ वर्षीया बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटियाे

अर्थ सरोकार


काठमाडौँ –  झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ ।
मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ ।
पेट दुखेर सिकिस्त बिरामी भएपछि बालकलाई दुई दिनअघि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको थियो । “उपचारका क्रममा बालकको पेटको भिडियो एक्स–रे गर्दा ठूलो आन्द्राभित्र सानो आन्द्रा फेला पर्यो” –डा गुप्ताले बताएका हुन् ।
लाखौँमा एक जनालाई मात्र यस्तो समस्या हुने बताउँदै डा गुप्ताले भने– “समयमा नै यस्तो समस्याको उपचार नगराउने हो भने मानिसको मृत्यु समेत हुन्छ ।”
बालकको पहिलो चरणमा नै समस्या पत्ता लागेकाले उपचार सम्भव रहेको डा गुप्ताको भनाइ छ । मेची अञ्चल अस्पतालमा उपकरण अभावका कारण बालकको उपचार सम्भव नभएपछि थप उपचारका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डा गुप्ताले जानकारी दि्ए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK