Skip to content
LAXMI SUNRISE BANK

चिलिमेमा ‘असक्षम’ भएको भन्दै फिर्ता बोलाइएका घिसिङ विद्युत प्राधिकरणका एमडी ! कर्मचारीमा चरम असन्तुष्टी

अर्थ सरोकार

  • अर्थ सरोकार संबाददाता 

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको नयाँ एमडीमा कुलमान घिसीङलाइ नियुक्त गरिएको छ । प्राधिकरणको एमडी पदबाट  मुकेशराज काफ्लेले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कुलमान घिसीङ यसअघि चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक थिए । उनलाई सो कम्पनीमा काम गर्न नसकेको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक समितिको बैठकले उक्त जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । प्राधिकरणकै ११औ तहका कर्मचारी रहेका उनलाई हाल एमडी पद दिइएको छ । 
प्राधिकरणका कर्मचारीका अनुसार प्राधिकरणमा उनीभन्दा वरिष्ठ तहका कर्मचारी हुँदा हुँदै राजनीतिक आडमा उनलाई एमडी पदमा नियुक्त गरिएको हो । ‘ एक ठाउँमा असक्षम भइसकेका उनीलाई प्राधिकरणमा एमडीको पद दिएर गम्भीर गल्ती भएको छ । यसले प्राधिकारणलाइ फाइदा होइन घाटा हुन्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्राधिकरणका एक कर्मचारीले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK