
भक्तपुर – कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मानविकी, व्यवस्थापन शिक्षा लगायतका सबै संकायको नतिजा साँझ सार्वजनिक गरेको हो । प्रकाशित परीक्षाफल अन्तर्गत कूल परीक्षार्थीहरुमध्ये ४८ दशमलब १७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परीक्षार्थीमध्ये कूल ८४ हजार ५ सय ९३ जना उत्तीर्ण भएको जानकारी दिए । त्यस्तै आंशिकतर्फ कूल १ लाख २३ हजार १ सय ८१ परीक्षार्थीहरुमध्ये ४८ हजार ७ सय ६३ अर्थात् ३९ दशमलब ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।