
प्युठान – नेपाल बैंक शाखा कार्यालय प्युठान लुट्ने प्रयास असफल भएको छ । साँझ बैंकका चौकीदारलाई स्पे्रमार्फत बेहोस बनाई बैंक लुट्ने प्रयास असफल भएको हो । लुटेरा कार्यालय समय सकिएपछि बैंकमा आफ्नो मोबाइल छुटेको बहाना बनाउँदै बैंकमा छिरेको बताइएको छ ।
घटनास्थलमा अहिले सहायक प्रजिअ भूपबहादुर पुनसहित जिप्रकाबाट बाक्लो मात्रामा सुरक्षाकर्मी आएका छन् । लुटेराले चौकीदारलाई बेहोस बनाउन नसकेपछि तत्काल भागेको बताइएको छ । लुटेराले साथमा लिएको अन्दाजी आठ थान बैंकको रुपैयाँ राख्ने ठाउँ काट्ने हेक्जाब्लेड, चार थान हातमा लगाइने पञ्जा लगायत बैंक लुट्नका लागि प्रयोग हुने सामग्रीसहितको झोला बैंकमै छाडेका छन् । चौकीदारले आफूमाथि एक्कासि आक्रमण भएकाले लुटेराको पहिचान गर्न नसकिएको बताएका छन् ।
नेपाल बैंक लिमिटेड प्युठान शाखाका प्रमुख विभागको तालिमका लागि भन्दै जिल्ला बाहिर रहेका छन् । त्यस्तै निमित्त कार्यालय प्रमुख पनि कार्यालय समयपछि घर गएका समयमा बैंक लुट्ने प्रयास भएको हो । बैंक लुट्नका लागि प्रयोग भएका सामानले गर्दा शृङ्खलाबद्ध तरिकाले बैंक लुट्न खोजिएको जस्तो देखिएको छ ।
बैंक लुट्ने प्रयास गर्नेमा कम्तीमा चारदेखि १० जनासम्मको संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्