- अर्थ सरोकार सम्बाददाता
यसको प्रमाण हेर्नुहोस् :
सुरज प्याकुरेल, प्रमुख सल्लाहकार
बाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनशास्त्रमा स्नातक गर्दै गरेका सुरज प्याकुरेल नेपाली आर्थिक क्षेत्रमा कलम चलाउने अब्बल पत्रकारका रुपमा चिनिन्छन् । अडिक विचार, समाचारमा सन्तुलन, तथष्ट संयोजन र तीखो प्रहार उनको विशेषतानै बनिसकेको छ । देशप्रेम साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका प्याकुरेल नेप्लिज डट ओआरजीमा उपसम्पादक, त्यसपछि प्रधान सम्पादक र सल्लाहकार सम्पादकको रुपमा काम गरेका थिए भने त्यसपछी ऊनी हाल सिए सरोकार डटकम र अर्थसरोकार डटकम मा सल्लाहकार सम्पादक छन् । पत्रकार प्याकुरेलले रातोपाटी डटकम र जनाह्वान साप्ताहिकमा समेत आर्थिक ‘बिट’मा काम गरेका छन् भने पहिलोन्यूज डटकममा आर्थिक ब्युरो प्रमुखको रुपमा काम स्थापनाकालदेखि काम गरेका थिए । सिए क्षेत्रमा ‘फुल बिट’ पत्रकारिताको सुरुवात गरेकोमा उनी नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुइ पटक सम्मानित भईसकेका छन् । E-mail : [email protected]
ऋषिराम अधिकारी, प्रधान सम्पादक
नेपाल पत्रकार महासंघ भारत साखाका महासचिवसमेत रहेका ऋषि राम अधिकारी अर्थ सरोकार डटकमका प्रधान सम्पादक हुन् । उनी हाल सिए फाइनलको पढाइका क्रममा भारतमा छन् र त्यहाँबाट पत्रकारिता गरिरहेका छन् । लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गरी उल्लेखनीय योगदान दिएको भन्दै सन् २०१५, र २०१६ मा हातेमालो नेपाली विद्यार्थी समुहद्वारा प्रदान गरिएको सम्मान प्राप्त गरिसकेका छन् ।