×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रिकेटका नाममा मानव तस्करी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

क्रिकेटका नाममा मानव तस्करी

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर–खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ ।
यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएका छन् । गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित सदस्यीय टोली जापान लिएर गएको थियो ।
जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए । उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ सौरभ खनाल, फैजल खान रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए ।- अन्नपूर्ण पोष्टबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी