
सराङडाँडा–४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ । आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुवा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस ०७१ मा मलेसियामै ज्यान गुमाए । घरमा श्रीमती बिरामी थिइन् । श्रीमतीको उपचारका लागि रामबहादुरले खर्च जम्मा गरेका थिए ।
त्यो खर्च घर पठाउने तयारी गर्दैगर्दा उनको पैसाकै लागि हत्या भएको थियो । श्रीमान्को हत्या भएको खबर आएपछि उनी थला नै परिन् । चेकजाँच गराउने क्रममा पत्ता लाग्यो उनको दुवै मृगौलाले काम गर्न छाडेछन् । विराटनगर हुँदै काठमाडौंसम्म लगेर उपचार गरिए पनि उनको ज्यान बचेन । अन्तत: २० माघ ०७२ मा उनले पनि धर्ती छाडिन् ।
आमा–बुवा दुवै गुमाएका भगीश्वरले अहिले ठूलो बाबा खड्गबहादुरकै घरमा संरक्षण पाइरहेका छन् । तर, भतिजोमाथि लागेको पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ, खड्गबहादुरलाई । ‘यो सानो बाबुलाई अहिले त मैले नै राखेको छु,’ खड्गबहादुरले भने, ‘आमाको उपचारमा लागेको ऋण तिरिदिने त हाम्रो पनि हैसियत छैन ।’ ऋण कसरी तिर्ने भन्नेसँगै पढाइको चिन्ता पनि रहेको उनले बताए । उनले भने, ‘त्यस्तो कुनै सहयोगी हात पाइए भगीश्वरको जिन्दगी बन्थ्यो होला, मलाई त सधैँ उनकै चिन्ताले सताइरहन्छ ।’ आजको नयाँ पत्रिकामा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्