
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणले एकल इन्जिन विमान उडाउने एयर काष्ठमण्डपको प्राविधिक पक्ष अत्यन्तै कमजोर रहेको ठहर गर्दै उसको एअर अपरेटर्स सर्टिफिकेट (एओसी) नवीकरण रोक्का गरिदिएको छ ।
प्राधिकरणले एओसी नवीकरण नगरेपछि अब काष्ठमण्डपले कहीँ पनि जहाज उडान पाउने छैन । एउटा विमान कालिकोटमा दुर्घटनामा परेपछि यो कम्पनीको व्यवस्थापन कमजोर हुँदै गएको छ भने यहाँ काम गर्ने अधिकांश कर्मचारीले छाडेर अन्यत्रै गइसकेका छन् ।
‘जहाज बिग्रेपछि मर्मत गर्ने इन्जिनियर नै नभएर हामीले यसको अनुमति पत्र रिन्यु गरेनौं,’ प्राधिकरणका एक अधिकारीले भने। यसले आफ्नो प्राविधिक पक्ष जबसम्म सुधार्दैन तबसम्म कतै पनि उडान गर्न पाउने छैन । हाल यसको एउटा जहाज नेपालगन्जमा छ । त्यो पनि लामो समयदेखि बिग्रेकाले थन्किएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्