
- अर्थ सरोकार सम्बाददाता
आज देशभर जनै पुर्णिमा मनाइने क्रम जारी छ । विशेषगरी पशुपति, ललितपुरको कुम्भेवश्वर, पाटन दरवार क्षेत्रको कृष्णमन्दिर, हनुमानढोकामा रहेको महेन्द्रश्वरमहादेव, मरुगणेशस्थान आदि मन्दिरमा भक्तजनहरुको ठुलो भीड लागेको छ । आज बाँधिएको पवित्र धागो तिहारमा लक्ष्मीपूजाको दिनमा गाईको पुच्छरमा बाँधिदिने चलन छ ।
यस्तो छ किम्बदन्ती :
प्राचीनकालमा दैत्यराज बलिको विशिष्ठ दानशीलदेखी डराएका भगवान बिष्णुले वामन रुप धारण गरी उनलाई वाचाबन्धन गराई सम्पूर्ण राज्य हड्पी उनलाई पाता फर्काई पाताल लोकमा पठाएको पुराणमा उल्लेख छ ।तागाधारीहरुले यसैदिन ब्रह्मा, बिष्णु र महेश्वरको साथै देव, ऋषि र पितृऋणको प्रतिकको रुपमा ३/३ डोरोका जनै गायत्री मन्त्र जपेर लाउने गरिन्छ । यस दिन उनीहरुले सप्तऋषिलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भन्ने गर्दछ । यस लाई उपाकर्म पनि भनने गर्दछ ।तराईतिर भने यस पर्वमा दीदी बहिनीहरुले आफ्नी दाजुभाइलाई नाडीको ‘राखी’ नामक धागो बाँधिदिन चलन छ ।
अर्थ सरोकार डटकमका तर्फबाट पनि सबैलाई जनैपूर्णिमाको शुभकामना ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्