
काठमाडौं – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण मंगलबार पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् । निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने लगायत माग राखी गरिादै आएको हडतालका कारण सोमबार समेत शैक्षिक संस्था बन्द भएका थिए । सो सङ्गठनको आह्वानमा सामुदायिक र निजी विद्यालय तथा विश्वविद्यालय मातहतका अधिकांश क्याम्पसको पठनपाठन बन्द भयो ।
सङ्गठनका उपाध्यक्ष लालबहादुर तामाङले माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले यही साउन २७ गते वार्तामा आमन्त्रण गरे पनि शिक्षामन्त्री नियुक्त नभएका कारण वार्ता निर्णायक हुन नसकेको जानकारी थिए । उनी भन्छन–‘हामीले शैक्षिक हडतालका कार्यक्रम घोषणा गरेअनुरुप आजसम्मको शैक्षिक संस्था बन्द गराएका हौं, अझै पनि हाम्रा मागको सम्बोधन हुादैन भने चरणबद्ध आन्दोलनमा जाने छौं ।’
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप), शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) लगायत संस्थाले पटक पटक शिक्षालय बन्द र हडताल हुनाले विद्यालय शान्ति क्षेत्रको अवधारणा उलङ्घन र विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित भएको जनाउादै विद्यालय खुलाउने वातावरणका लागि सरकार र बन्दकर्ता पक्षसाग आग्रह गरेको छ ।
नेता विप्लवका छोरा चितवनको चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्छन् । उक्त मेडिकल कलेजका संचालकहरुलाई धम्काएर उनले छोरालाई निशुल्क एमबीबीएस पढाउदै आएका छन् । तर शैक्षिक हडताल गरेर जनताका छोरा छोरीलाई भने स्कुल जानबाट रोकेका छन् ।
- दृष्टि साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्