×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगी ज्ञानेन्द्रलाल प्रधानद्वारा करोडौंको भ्याट छली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

उद्योगी ज्ञानेन्द्रलाल प्रधानद्वारा करोडौंको भ्याट छली

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ–उद्योगी ज्ञानेन्द्रलाल प्रधानले त्रिशक्ति केबुल इण्डष्ट्रिज प्रालीका नाममा गरेको व्यवसायवाट करोडौ रकम मूल्य अभिवृद्धि कर (भ्याट) छलेको पुष्टी भएको छ । राजश्व अनुसन्धान बिभागले गरेको अनुसन्धानवाट व्यवसायी प्रधानले भ्याट छलेको देखिएको हो ।
बिजुलीका तार लगायत उत्पादन र बिक्रि गर्दै आएको उनको कम्पनीमार्फत राजइलाई तिर्नुपर्ने भ्याट भने तिरेका छैनन् । करिव २० बर्षदेखि उनको यो कम्पनी संचालनमा छ । उनले राज्यलाई तिर्नुपर्ने राजश्व कम देखाउन आफुले गरेको कारोवारको रकम कम राखेका छन् । राजश्वका अनुसार उनले कारोवार रकम कम भएको फर्जि विवरण देखाएर करोडौ रकम कर छलेका थिए । राजश्वले गरेको अनुसन्धानवाट उनले गरेको कारोवारका हिसावमा कम राजश्व तिरेका हुन् ।
फर्जि बिल, भर्पाई र आर्थिक बिवरण बनाएर भ्याट छलेको बुझेपछि राजश्वले केही समयअघि प्रधानमाथि अनुसन्धान थालेको हो । राजश्वले उनले प्रयोग गर्दै आएको ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । ल्यापटपमा उल्लेख भएको बिवरण भने प्रधानले झुटो भएको दाबी गरेको अनुसन्धान अधिकृतले बताए । अनुसन्धानवाट प्रधानले करयोग्य बिक्रि रकम लुकाएको पाइएको छ । बढी रकम कर तिर्नुपर्ने हुन्छ भनेर उनले वास्तविक विक्रि रकम र आय लुकाएका हुन् ।
आर्थिक बर्ष ०६५÷०६६ देखि आव ०७२÷०७३ असोज सम्म उनले गरेको बिक्रि रकम, आयका आधारमा छलिगरेको राजश्व सहित कारावाही गरिएको रकम, जरिवाना र व्याज गरेर ६ करोड ४३ लाख ५८ हजार रुपैयाँ तिर्नुपर्ने देखिएको छ । वास्तविक बिक्रि तथा आय लुकाएर पेश भएको बिवरणका कारण उनले भ्याट छली गरेको पुष्टी भएपछि यो रकम तिर्नुपर्ने अवस्था आएको हो । राजश्वले उनले यो रकम बरावर भ्याटछलि गरेको भनि निर्धारण गरेको छ ।
उनले देखाएको कर योग्य रकममा वास्तविकता नदेखिएकाले अनुसन्धानवाट उनले तिर्ने कर निर्धारण भएको हो । उनले देखाएको कर योग्य बिक्रि रकम भन्दा २२ करोड १९ लाख ९० हजार २ सय २० रुपैयाँ थप कर योग्य रकम छ । सो रकमको २ करोड ८८ लाख ५८ हजार ७ सय २९ रुपैयाँ कर हुन आउने राजश्वले जनाएको छ । यस्तै, जरिवाना वापत २ करोड ८८ लाख ५८ हजार ७ सय २९ रुपैयाँ, थप दस्तुृर २६ लाख ५६ हजार २ सय ८४, ब्याज ३९ लाख ८४ हजार ४ सय २६ रुपैयाँ गरि राजश्वले ६ करोड ४३ लाख ५८ हजार १ सय ६७ रुपैयाँ कर निर्धारण गरेको जनाएको छ ।
राजश्वले दिएको बिवरण अनुसार प्रधानले आव ०६५÷०६६ देखि ०७२÷०७३ सम्म २ अर्ब ११ करोड ३६ लाख ८८ हजार ४ सय १६ रुपैयाँको करयोग्य बिक्रि गरेका छन् । तर, उनले बुझाएको बिवरणमा भने यो रकम उल्लेख छैन । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी