
काठमाडौं–सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब/भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ । अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो । l
अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न । कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन् । रेग्मी पनि त्यसै गर्छन् । अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै इभनिङ वाक गर्छन् । बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ ।
‘सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ,’ मन्त्रालयका एक कार्यालय सहयोगीले भने । तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाहिँ सुक्खा रोटी तरकारी । कृष्णहरि बास्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो। ‘अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने,’ ती सहयोगीले भने ।
सहकर्मीसँग सचिवले ‘म सानोतिनो मान्छे हैन, सानोतिनो ठाउँको खाँदिन ।’ बारम्बार भन्ने गर्छन् । उनले दोहोर्याउने अर्को कुरा हो–सानो चित्त बनाउनुहुँदैन, हामीले एकाथ लाखको खाएर फरक पर्दैन । बजेट लेखनका क्रममा संलग्न कर्मचारीलाई पनि मन्त्रालयमै खाना खुवाउने चलन छ । अघिका वर्ष क्यान्टिनकै खाना सबै हुन्थ्यो । यसपालि द्वारिकाजका साथै कहिलेकाहिँ बबरमहल रिभिजिटेडबाट मगाइएको थियो । सचिवले बजेटसम्बन्धी छलफल पनि धैरै होटलमै गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्