
राष्ट्र बैंकको नीति नियम र निर्देशनविपरीत आफूखुुसी ढंगले विभिन्न कम्पनी खडा गरी मनपरी ढंगले लगानी गरेपछि राष्ट्र बैंकले भिबोरका पाँच जना सञ्चालकहरुलाई पाँच करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरे पनि निर्णय कार्यान्वयन नभई अलपत्र परेको छ ।
राष्ट्र बैंकका केही व्यक्तिहरुसँगको अपवित्र साँठगाँठमा भिबोर विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय घिमिरेले भिबोर विकास बैंकका पाँच जना सञ्चालकलाई समेत संस्थापक राखेर भिबोर क्यापिटलमार्फत भिबोर प्रोपर्टी नामको अर्को कम्पनीमा लगानी गरी घरजग्गा दलालीको कारोबार गरेका थिए । भिबोर इन्भेष्टमेन्टमा प्रमोटर रहेका भिबोर विकास बैंकका पाँच जना सञ्चालकमध्येका एक थिए माधव घिमिरे ।
ती माधव घिमिरे रामेछापका हुन् र उनी अर्थ मन्त्रालयबाट अवकाश पाएका सहसचिव हुन् । विगतमा उनी अर्थ मन्त्रालयमा वैदेशिक सहायता हेर्ने महाशाखाका प्रमुख थिए । उनैको आड, भरोसा सिफारिसमा सीईओ अजय घिमिरेले भिबोर विकास बैंकको नाउँमा जग्गा दलालीको कारोबार समेत सञ्चालन गरेका थिए । उक्त धन्दा सञ्चालन गर्न घिमिरेले राष्ट्र बैंकका प्रभावशाली केही व्यक्तिहरुलाई समेत हातमा लिएका थिए । माधव घिमिरे र अजय घिमिरे आफन्त हुन् ।
भिबोर विकास बैंकमा त्यतिबेलाका सञ्चालकहरुमध्येका एक जना सञ्चाल माधव घिमिरे पनि हुन् । अर्थ मन्त्रालयको वैदेशिक सहायतासम्बन्धी महाशाखा पावरदार महाशाखा मानिन्छ । उनले पदको दुरुपयोग गरी जनताको लगानीमा चलेको भिबोर विकास बैंकको सञ्चालकको नाउँमा भिबोर इन्भेष्टमेन्ट कम्पनी खोलेर त्यसमार्फत घरजग्गाको व्यवसाय गर्ने भिबोर प्रपर्टी नामको अर्को कम्पनी खोली त्यसमार्फत बैंकको रकम घरजग्गामा लगानी गरी बैंकको सम्पत्तिको दुुरुपयोग गरेका थिए ।
माधव घिमिरे अर्थ मन्त्रालयबाट अवकाश पाएपछि राष्ट्र बैंकमा खान नपाएको अर्को खेमाले उनले सीईओ अजय घिमिरेसँग मिलेर उक्त बदमासी औँल्यायो र पाँच करोड रुपैयाँ जरिवाना गराउने निर्णय ग-यो । तर अहिले फेरि राष्ट्र बैंकबाटै उक्त निर्णय कार्यान्वयन नगराउन र उल्ट्याउन ठूलो कसरत भइरहेको छ ।
राष्ट्र बैंकबाट उक्त निर्णय उल्ट्याउन पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरेको नाउँ जानाजानी दुुरुपयोग गर्नथालेका छन् । भिबोर इन्भेष्टमेन्टमा रहेको माधव घिमिरे पूर्वगृहमन्त्री हुन् भन्ने हल्ला राष्ट्र बैंककै जिम्मेवार अधिकारीहरुले गराइदिनुुले उक्त घटना झन् रहस्यमय बन्दै गएको छ । गृहमन्त्री बनेका माधव प्रसाद घिमिरे पाल्पाका हुन् र उनको भिबोर विकास बैंकसँग कुनै सम्बन्ध नरहेको बुझिएको छ । भिबोर विकास बैंकको उक्त काण्डमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा, पूर्वडेपुुटी गभर्नर महाप्रसाद अधिकारीको अप्रत्यक्ष संलग्नता पनि जोडिने सम्भावना बढ्दै गएको छ ।
उनीहरु तानिने डरले पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरेको अफवाह फैलाएर सो काण्डलाई निष्क्रिय बनाउन राष्ट्र बैंककै एउटा शक्ति जोडतोडले लागेको पाइएको छ । पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरेको संलग्नता रहेको भनी झूठो दाबी पेस गरेर भिबोरका पूर्वसञ्चालक माधव घिमिरेलगायतका सञ्चालकबाट पाँच करोड रुपैयाँ जरिवाना तिराउने राष्ट्र बैंकको पूर्वनिर्णय उल्ट्याउने कसरत गरेर पूर्वनिर्णय कार्यान्वयन हुन नदिन अवरोध गर्नुले भिबोर काण्डमा राष्ट्र बैंकका उच्चपदस्थ व्यक्तिहरुको संलग्नतालाई सोझै अस्वीकार गर्न नसकिने दाबी स्रोतले गरेको छ ।
- आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्