Skip to content
LAXMI SUNRISE BANK

सरकारी बजेटमा उत्पादित टिभी कार्यक्रममा ३८ लाख घोटाला, किसानका लागि बनेको कार्यक्रम दिउँसो १ बजे!

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘कृषि हाम्रो जीवन’ मा लाखौँको चलखेल भएको तथ्य बाहिर आएको छ । निकै कम मात्र किसानले हेर्ने समयमा कार्यक्रम राखेर सरकारको बजेट सक्काउन लागि परेको भन्दै व्यापक जनगुनासो आएको छ भने टेलिभिजनका कतिपय कर्मचारीहरुले यसको खुलेरै विरोध गर्न थालेका छन् ।  कृषि सूचना तथा सञ्चार केन्द्रले किसानहरुका लागि सूचना तथा प्रविधि विस्तारका लागि भन्दै गत आर्थिक बर्षमा छुट्याएको ५० लाख  छुट्याएको थियो । उक्त बजेटमध्ये करीव १२ लाख किसान कल सेण्टर खर्च गरीएको छ । उक्त कल सेन्टर अहिले आर्थिक अभावमा बेवारिसे छ भने ३८ लाख नेपाल टेलिभिजनमा कार्यक्रम प्रशारण गर्ने भन्दै सम्झौता गरिएको छ ।
दिउँसो १ बजे किसानले टेलिभिजन कार्यक्रम हेर्लान् ? 
सामान्य भाषामा बुझ्दा यो ‘फोन इन’ कार्यक्रम भएको बताइएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा किसानहरुसँग फोन गर्ने कार्यक्रम संचालन हुने बताइएको छ । कार्यक्रम शुक्रबार १ बजे प्रशारण भइरहेको छ । पहिला यो कार्यक्रम मंगबार दिउँसो प्रशारण हुने गरेको थियो । यता किसानले काम गर्ने मध्य समयमा कार्यक्रम प्रशारण गरेर बजेट सक्काउने काम भएको आरोप समेत लाग्न थालेको छ । 
 टेलिभिजनकै दर भन्दा बढी रकममा किन बजाइयो कार्यक्रम ?
नेपाल टेलिभिजनको दर रेटहेर्दा उक्त कार्यक्रमले खर्च गरेजति बजेट लाग्दैन । यता कार्यक्रम ‘री- टेलिकाष्ट’ गरेको पनि शुल्क लिइएको’ स्रोतको दावी छ । जवकी कुनै पनि कार्यक्रम प्रशारण गर्दा ‘रिपिट’ सामान्यतया निशुल्क हुन्छ । आषाढको अन्तिम साताबाट मध्य दिनमा कार्यक्रम प्रशारण गरेर श्रव्यदृश्यका नाममा आफ्नै श्रव्यदृश्य शाखा भएर पनि बाहिर एजेन्सीलाई तीनवटा गोप्य कोटेशन मिलाएर लाखौं रुपैयाँ अनियमिता गरिएको भन्दै टेलिभिजनकै केहि कर्मचारी आक्रोशित बनेका छन् ।
कार्यक्रमबारे अख्तियारमा उजुरीको तयारी !
अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार कार्यक्रममा व्यापक घोटाला भएको भन्दै नेपाल टेलिभिजनकै केहि कर्मचारी अख्तियारमा उजुरी बोकेर जान लागेको बताइएको छ । ‘हामी अख्तियार जाने तयारीमा छौं।  उजुरी गर्ने बितिक्कै अर्थ सरोकार डटकमलाइ खबर गर्छौं। ‘ टेलिभिजनका एक कर्मचारीले भने। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK