×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसमा भाँडभैलो, देउवालाई टोक्नु न बोक्नु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कांग्रेसमा भाँडभैलो, देउवालाई टोक्नु न बोक्नु

Artha Sarokar

२८ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा चरम भाँडभैलो सुरु भएको छ । एकले अर्कोलाई नगन्ने र कोही कसैलाई नमान्ने प्रव्ृाति संस्थागत भएपछि पार्टी कुन संयन्त्रबाट कसरी चलेको छ भन्ने समेत थाहा हुन छाडेको छ । सभापतिमा शेरबहादुर देउवा छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
उनलाई असफल बनाउन रामचन्द्र पौडेल, खुमबहादुर खड्कालगायतका नेताहरु हात धोएर लागेका छन् । पार्टीले वरिष्ठ नेता दिने निर्णय नगरेपनि पौडेल आफूलाई वरिष्ठ नेता भन्दै गुटबन्दी गरेर हिँडेका छन् ।
उनलाई साथ दिनेमा उद्योग धन्दा डुबाएका र नेपाललाई हरिकंगाल बनाउने डा. रामशशरण महत, प्रकाशमान सिंहलगायतले साथ दिँदै आएका छन् । उनीहरु पौडेललाई भन्दा पनि आफूलाई केन्द्रबिन्दुमा राखेर राजनीति गरिरहेका छन् ।
यस्तै कृष्णप्रसाद सिटौलाको ताल पनि उस्तै छ । उनले पनि पछिल्लो दिनमा आफूलाई केन्द्रमा राखेर सभापतिसँग बार्गेनिङ गरिरहेका छन् । रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा दिनुपर्ने भन्दै माग गरेका छन् ।
जसका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या हुँदै आएको छ । मन्त्रिपरिषद नै विस्तार गर्न नदिने र सरकार असफल बनाउने धन्दामा पौडेल समूह हात धोएर लागेको छ । त्यसमा सिटौलाको पनि मत मिलेको छ ।
उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा आँखा लगाएका सिटौलाको मनको चाहना गृहमन्त्रीमा विमलेन्द्र निधि आएपछि तुषारापात भएको थियो । एकले अर्कोलाई स्वीकार नै गर्न नसक्ने सिटौला र निधिको झगडाका कारण सिटौला किनारामा फालिए भने निधि सफल भए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी