
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थीसँगको महाधिवेशनमा अध्यक्षमा नयनसिंह महरलाई सघाउन आफू निकट नेतालाई निर्देशन दिएका छन् ।
नेविसंघ अध्यक्षमा संस्थापनबाटै धेरै उम्मेदवार मैदानमा उत्रिएपछि देउवाले आफूनिकट नेतासँग परामर्श गरि महरा आफ्नो समूहको उम्मेदवार भएको उनी निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए ।
देउवाले आफू पक्षका अध्यक्ष दाबेदार जीतजंग बस्नेतलाई पछि हट्न भनिसकेका छन् । देउवा खेमबाटै अध्यक्षमा महर र जितजंगका साथै शुभराम बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीको भृकुटी मण्डपमा आइतबार सुरु भएको सम्मेलनको बन्दशत्र प्रतिनिधि विवादका कारण अझै सुरु हुन सकेको छैन ।
अध्यक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य, दीपक भट्टराई र आनन्द पौडेलको दाबी छ । पूर्वमहामन्त्री कृष्ण सिटौला प्यानलबाट कुन्दन काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । उनलाई युवा नेताहरु गगन थापा र प्रदीप पौडेलको साथ छ ।