Skip to content
LAXMI SUNRISE BANK

राजधानीको खानेपानीमा दिसा !

अर्थ सरोकार

काठमाडौं–राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ ।
हैजा प्रसारको प्रमुख स्रोत खानेपानी भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्यांकर, रिजर्भ ट्यांकी, जारलगायतबाट संकलित ९६ वटा पानीको नमुना परीक्षण गरेको थियो । तीमध्ये ४६ वटामा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको हो ।
‘हामीले संकलन गरेकामध्ये झन्डै ५० प्रतिशत पानीको नमुना कोलिफर्मले प्रदूषित थिए,’ महाशाखा अन्तर्गतका इपिडिमियोलोजी शाखा प्रमुख डा।गुणनिधि शर्माले भने, ‘पानीमा कोलिफर्म देखिनुको अर्थ नै दिसा मिसिएको अवस्था हो ।’
विश्व स्वास्थ्य संगठनका अनुसार हैजाले संक्रमित करिब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित नभएपनि उनीहरुको दिसामा हैजा उत्पन्न हुने ब्याक्टेरिया १० दिनसम्म रहन सक्छ ।आजके कान्तिपुर दैनिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK