Skip to content
LAXMI SUNRISE BANK

भ्रष्टाचार अभियोगमा पुल्चोक क्याम्पसका पुर्वप्राध्यापक विरुद्ध विशेष अदालतमा मुद्धा दायर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको ईन्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका पुर्वप्राध्यापक प्रा.डा भरतराज पहारी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आयोगले सोमबार प्रा.डा पहारी विरुद्ध २ करोड ४० लाख १ हजार बिगो दावी गर्दै मुद्धा दायर गरेको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ तथा प्रतलित कानुन २०५९ को दफा २० अनुसार कारबाहीको माग गरिएको छ । मुद्दामा उनकी श्रीमती शोभा पहारीको नाममा रहेको श्रोत नखुलेको चल अचल सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० बमोजिम जफत गर्न मागदावी गरिएकोछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK