
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भूकम्पपिडितले पैसा नपाएको गुनासो बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनभित्र भूकम्पपीडितलाई दिने भनिएको राहत रकमको पहिलो किस्ता जसरी भएपनि उपलब्ध गराउन सरकारका सचिव र पुननिर्माण प्राधिकरणलाई कडा निर्देशन दिएका छन् ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सचिवहरुलाई बोलाएर प्रचण्डले आफूले ४५ दिनभित्र पहिलो किस्ताको रकम दिने घोषणा गरिसकेको भन्दै घोषणा कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन् । ‘मैले ४५ दिनभित्र पहिलो किस्ताको राहत दिने घोषणा गरिसकेँ, ‘प्रचण्डले भने, ‘जसरी हुन्छ मैले गरेको घोषणा कार्यान्वयन होस् ।’
प्रचण्डले भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुननिर्माणमा भएको ढिलाइ दुःखद् भएको बताए । पुननिर्माणको काम गतिशिल, पारदर्शी र प्रभावकारी नभएकोमा असन्तुष्टी ब्यक्त गर्दै प्रचण्डले आफूलाई छिट्टै परिणाम चाहिने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्