×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागको तस्विरको लोभलाग्दो व्यापार : २५ पैसाको किनेको तस्विर २५ रुपैयाँमा विक्री !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नागको तस्विरको लोभलाग्दो व्यापार : २५ पैसाको किनेको तस्विर २५ रुपैयाँमा विक्री !

Artha Sarokar

२२ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सर्लाही घर भएका जितेन्द्र ठाकुर कोटेश्वरमा शनिबार साँझ नागको तस्विर बेच्नमै ब्यस्त थिए । आइतबार रहेको नाग पंचमीका लागि नाग किन्नेहरुकै पनि उस्तै भीड । यो ‘सिजान’ को व्यापारबाट उनी निकै सन्तुष्ट छन् । नहुन् पनि किन, २५ पैसामा किनेर ल्याएको तस्विर २५ रुपैयाँमा बेचे उनले ।
उनका अनुसार उनले भारतबाट नागको तस्विर ल्याएका हुन् । ‘काठमाडौँसम्म आइपुग्दा यो नागको तस्विरको हाम्रो मूल्य २५ पैसाबाट एक रुपैयाँसम्म पर्छ । हेरी हेरी नागको तस्विर किन्न पाइन्छ । २५ पैसा पर्ने नागको तस्विर औसतमा २५ रुपैयाँमा बेच्ने गरेको छु । कतिले बार्गेनिङ गरेर २० रुपैयाँसम्म लागेका छन् । अब अलि अबेर भयो भनेचाहिं १० रुपैयाँसम्म बेच्छु।  किनकि अब यो भोलि व्यापार कम हुन्छ । पर्सिदेखि त कसैले पनि किन्दैन ।’
उनीजस्तै भारतबाट ल्याएर नेपालमा नागको तस्विर बेच्ने धेरै छन् ।
प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।  आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले अर्थ सरोकार डटककमलाइ बताए ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ । आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । यस उपलक्ष्यमा पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्नेगर्दछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी