
काठमाडौं – नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले माओवादीको नेतृत्वमा सरकार बन्दा सेयर बजार घट्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन् ।
पुँजी बजारका लगानीकर्ताहरुसँगको शनिबारको भेटमा अर्थमन्त्री महराले यस्तो धारणा राखेका हुन् । उनले भने, माओवादी सरकारमा आएर घटेको होइन । यो चलखेल गरेर घटाइएको हो । यसमा हामी अध्ययन गर्छौ । महराले सेयर बजारको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।कुनै कारण बिना नै निरन्तर सेयर बजार घटाइएको अवस्थाबारे ध्यानाकर्षण गराउन सेयर लगानीकर्ता संघका पदाधिकारीहरुले शनिबार बिहान अर्थमन्त्रीलाई भेटेका थिए ।
लगानीकर्ताहरुले अप्राकृतिक रूपमा चलखेल गरी सेयर बजार घटाइएको र यसबाट आम लगानीकर्तालाई मर्का परेको बताउँदै यसमा सरकारले हस्तक्षेप गरेर अवस्था स्पष्ट पार्नुपर्ने माग राखेका थिए ।जबाफमा अर्थमन्त्री महराले अहिलेको राजनीतिक परिवर्तनका कारण सेयर बजार घटेको नभई केही समूहले चलखेल गरी घटाएको आफूलाई जानकारी आएको बताएका थिए ।
अर्थमन्त्री महराले त्यस्ता व्यक्ति वा समूहलाई सक्दो निरुत्साहित गर्ने बताए । उनले सेयर बजारको विकासमा वर्तमान सरकार सकारात्मक रहेको पनि प्रस्ट पारे । उनले बजारको अवस्थाबारे पार्टी र सरकारको धारणा छिटै नै मिडियामार्फत सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अर्थमन्त्री महराले सेयर बजारको विकासमा निरन्तर सुझाव दिइरहन पनि लगानीकर्ताहरुसँग अनुरोध पनि गरेका थिए ।
अर्थमन्त्री महराले आफ्नो पार्टीको नाम जोडेर सेयर बजार घटाउन भएको प्रयासप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले सेयर बजारलाई सन्तुलित, मर्यादित एवं व्यावसायिक रूपमा अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने पनि बताए । अर्थमन्त्री महरालाई भेट्न संघका अध्यक्ष उत्तम अर्यालले भने, अस्वभाविक रुपमा घटाइएको सेयर बजारबारे अर्थमन्त्री गम्भीर देखिनुभएको छ । उहाँबाट यसमा सकारात्मक सम्बोधन हुने अपेक्षा हामीले गरेका छौं ।
सेयर लगानीकर्ता संघले ‘लगानीकर्ताको मनोबल गिराउन धितोपत्र बोर्ड जिम्मेवबार रहेको भन्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। बजार नियामक कम्पनी नै पुँजी बजारको वातावरण विगार्न क्रियाशिल देखिएको आरोप लगाइएको छ। पूँजी बजारको नियमक नेपाल धितोपत्र वोर्डले बजार र कम्पनीको नियमन गर्नुपर्नेमा त्यसो नगरी अवाञ्छित, वेमौसमी र कार्यक्षेत्र भन्दा वाहिर गरेर लगानीकर्ताको मनोबल गिराउने गरी बक्तव्यबाजी गरिएको आरोप लगाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्