
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारलमा जादाजादै मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्रै उपलब्ध गराउने निर्णय गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नु अघि प्रचण्डले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए । यसका साथै आन्दोलनमा घाइते भएकाहरुलाई बिल अनुसार उपचार खर्च दिने निर्णय समेत गरेको छ ।
यसैगरी मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।