×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो म्युचुअल फण्ड: केटाकेटी आए गुलेली खेलाए बजारको सत्यानास !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हाम्रो म्युचुअल फण्ड: केटाकेटी आए गुलेली खेलाए बजारको सत्यानास !

Artha Sarokar

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रोहन शर्मा 

म्युचुअल फण्डको काम सर्ब साधारणलाई युनिट बिक्री गरेर सँकलन गरेको रकम सेयर बजार,बण्ड, डिवेन्चार लगायत अन्य सरकारी सुरक्षाणहरुमा लगानी गरेर नाफा कमाउनु हो । साथै सेयर बजारबाट यिनिहरुले अन्य लगानीकर्ताभन्दा बिशिष्ट (ज्वाईं) सुबिधा पाएका हुन्छन् ।
जस्तै;
●प्राथमिक निश्काशनको समयमा म्युचुअल फण्डको लागी भनेर ५ % सेयर छुट्टाईएको हुन्छ।
●कारोबार गर्दा पुँजिगत लाभकर तिर्न पर्दैन।
●यिनिहरुको लागी ब्रोकर कमिसनमा पनी अरुको तुलनामा निकैनै छुट दिईएको छ। कतीले त उल्टो ब्रोकरबाट कमिसन छुट लिएर आफ्नो खल्ती पनि भर्दै आएका छन् ब्याक्तिगत रुपमा।

अब कुरा आयो ज्वाईं राजाहरुको पनि त केहि उत्तरदाईत्व होला नि बजारप्रति  ?
अन्य मुलुकहरुमा म्युचुअल फण्डले सुबिधा लिए बापत बजारको लागी ठुलो योगदान दिने गर्दछन् । एक हिसाबले म्युचुअल फण्डले बजार निर्माताको रुपमा माग र पुर्तीलाई सन्तुलन गरेर काम गर्नुपर्ने हो। तर नेपालको सन्दर्भमा त म्युचुअल फण्ड जती डरछेरुवा र अनउत्तरदाई कोही देखिंदैन। नयाँ लगानीकर्ताले गरे जस्तो ब्यवहार गर्छन्। बजार घट्न थाल्यो भने डराएर सके जती सेयर बेच्छ्न् र पैसा जम्मा पारेर बैंकमा डिपोजिट गर्दछन्।

नियम अनुसार म्युचुअल फण्डले अधिकाँश रकम लगानी गर्नुपर्ने हुन्छ। नियमले दिएको भन्दा धेरै (बढीमा १०%) रकमलाई बैंकमा डिपोजिट राख्न पाईंदैन। तर अहिले हाम्रा म्युचुअल फण्डले सेयर बिक्री गरेर आएको ३५% भन्दा बढी रकम बैंकमा डिपोजिट गरेर बसेका छन्। नियामक निकायबाट यसको तुरुन्त छानबिन भई आवश्यक कारवाही हुनु जरुरी छ ।

(रोहन शर्माको फेसबुकबाट साभार)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी