Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको मिटरमा गडबडि !

अर्थ सरोकार

  • रोहन शर्मा 

बिगत केहिदिन देखी सुक्ष्म अध्यान गर्दा मलाई नेप्सेको मिटरमा गम्भिर गडबडी छ भन्ने शंका लागी रहेको छ । करिव १ महिना अगाडी जब एक दिन स्वभाबिक भन्दा २२ अंक बढीले बढेको नेप्से परिसुचक बेलुका सुचना जारी गरेर २२ अंकले घटाईयो । 
यसको कारण पनि बताईएन र यस्तो गम्भिर बिषयलाई कसैले छानबिन गर्न पनि आवश्यक ठानेनन् । त्यस दिनको गड्बडी मिटर बिग्रीएको कारण भएको हो । बिग्रीएको मिटर बनेको खबर पनि आएन, यो घटना यत्तिकै साम्य भयो ।
आज यसो फुर्सद मिलाएर आफ्नो पोर्टफोलीयो चेक गरियो। यो हप्ता नेप्से परिसुचक १०० अंक भन्दा बढीले घट्दा आफ्नो पोर्टफोलीयोमा भने खासै त्यस्तो धेरै परिवर्तन देखिएन। जबकि यस भन्दा अगाडी २५ अंकको फरकमा निकै उतार चढाव हुने गर्दथ्यो!
नेप्सेको मिटर छिट्टै छानबिन गरियोस्, गडबडी देखिए मर्मत सम्भार गर्नुपर्‍यो!
(रोहण शर्माको फेसबुकबाट साभार)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK