
काठमाडौं–नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायाण मण्डल हिँडेर डेरा पुगेका छन् ।
बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेरै डेरा पुगेका हुन् ।
बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्रीक्वार्टर छाडेका मण्डल बानेश्वरमा डेरा सरेका छन् । शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए । त्यसपछि उनले डेरासम्म पुग्ना आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए ।
तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्व्रबाट झन्डै डेढ किलोमटिरभित्र रहेको डेरामा हिँडेर पुगेका थिए । जिम्मेवारीबाट मुक्त भएको २४ घन्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बनेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।