
काठमाडौं–आफूलाई काम गर्न नदिइएको, मुलुक र जनतालाई घात गरिएको, कुनी कसले हो छौडा खेलाएको भन्दै मुलुकका अन्य राजनीतिक दललाई सत्तो सराप गर्दै हिँडेका केपी ओलीले राज्यकोषको चरम दोहन गरेको पाइएको छ ।
ओली प्रधानमन्त्री भएपछि मात्रै एमालेका नेता तथा कार्यकर्तालाई बाडिएको रकमको फेहरिस्त हेर्दा लगभग एक अर्ब रुपैयाको हाराहारी हुन आउँछ । ओलीले एमालेका नेताका नाममा खुलेका प्रतिष्ठानदेखि व्यक्तिगत रुपमा समेत रकम बाँडेका छन् ।
सोमनाथ प्यासी सबैभन्दा बढी सहयोग पाउनेमा अगाडि रहेका छन् । उनले पटक पटक गरी राज्यकोषबाट ५० लाख बढी रकम लिएका छन् । यस्तै प्रत्यक्ष रुपमा नदेखाइ मिलाएर रकम बाँडिएका कारण धेरै एमाले नेताको नाम लुकाइएको छ ।
श्रीमान श्रीमती नै सांसद रहेका र पार्टीको उच्च निकायमा समेत रहेका अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यले समेत राज्यकोषबाट २० लाख भन्दा बढी रकम लिएको देखिन्छ । यस्तै केपी ओलीले शान्ता चौधरीलाई समेत पटक पटक गरी दश लाख बढी रकम दिएका छन् ।
उनलाई अघिल्लो सरकारले समेत विभिन्न नाममा पैसा दिएको थियो । देशभरका एमाले कार्यकर्तालाई मात्रै राहतको नाममा राज्यकोषको पैसा उपलब्ध गराएको देखिन्छ । त्यसमा आफ्नो गुट भन्दा बाहेकका कोही कसैलाई पनि पैसा नदिइएको बताइन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्