
- अर्थ सरोकार सम्बाददाता
बाजारमा निकै चलेको मिठाइ हो आँगनको मिठाइ । तपाइंले पनि आँगनको मिठाइ खाने गर्नु भएको छ होला। यदी छ भने आजै बाट बन्द गर्दा रार्मो किनकि तपाईं फोहोर खाइरहनु भएको छ । हो, चर्चित आँगन ब्राण्डको मिठाइमा मानव मलमुत्रमा पाइने कोलिफर्म जिवाणु पाइएको छ ।
सरकारी टोलीले अनुगमन गर्दा आँगन मिठाइमा फोहोर भेटिएपछि नमूना परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो । यसको नतिजा हेर्दा मिठाइ अखाध्य भएको फेला परेको हो । आँगन मिठाइको खुवाको ल्याव परीक्षण गर्दा १६ हजार कोलीर्फम भेटिएको आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर मिठाइमा रोग संक्रामक हानिकारक कोलिर्फम भेटिएको छ ।
‘कोलिफर्म खाद्यान्नमा हुनै हुँदैन । मिठाइ बनाउँदा प्रयोग गरिने पदार्थमा नै कोलिर्फम हुन सक्छ,’ श्रेष्ठले भने, ‘यो लापरवाहीको हद हो । १६ हजार कोलिर्फम भेटिनु भनेको सानोतिनो विषय होइन ।’
मुद्दा हाल्ने तयारी
यस्तो मिठाइ उत्पादन गर्ने पशुपति फुड्स प्रालिलाइ कारवाहीको तयारी गरिएको छ । आपूर्ति विभागले संकलन गरेको नमूना परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रोगशालामा परीक्षण गरिएको थियो । कोलिर्फम सरसफाइमा बेवास्ता गर्दा फोहोर खाद्यान्न र पानीको प्रयोगबाट उत्पन्न हुने जीवाणु हो । कोलिर्फमयुक्त खाद्य पदार्थ खाँदा झाडापखालासहित विभिन्न संक्रामक रोग लाग्छ ।
विभागले कोलिफर्म उच्च पाइएको रिपोर्ट हात पारेपछि उत्पादकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । ‘जिल्ला अदालतमा मुद्दा दर्ताका लागि रिपोर्टको प्राविधिक परामर्श मागेका छौं,’ निर्देशक श्रेष्ठले भने, ‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने गरी मिठाइ बेचेबापत कडा कारवाहीको माग गर्दै मुद्दा दर्ता हुनेछ ।’
खाद्य ऐनमा दुषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्