Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डबारे सनसनीपूर्ण खुलासा: अन्डरवर्ल्ड डन दाउन इब्राहिमसँग कनेक्सन

अर्थ सरोकार

गत वर्ष पुसको अन्तिम साता प्रचण्डले एक भारतीय उच्च अधिकारीलाई एउटा गोप्य दस्तावेज देखाएर सोधे– ‘यो के हो ? के यसरी नै मलाई सधैं तर्साइरहने ? अनि मैले कसरी तपाईंहरुलाई विश्वास गर्ने ?’ (दि हिन्दूस्तान टाइम्स, जुलाई २५) अहिले दक्षिणकै देनमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा धेरैलाई चासो लागेको छ– आखिर प्रचण्डको सातो उड्ने के कुरा थियो त्यो डकुमेन्टमा ? 
विश्वस्त स्रोतका अनुसार, आफ्नो सामुन्ने त्यो फाइल देख्नासाथ गरुड सामुन्नेको सर्प झैं प्रचण्ड लल्याकलुलुक हुने दस्तावेज युद्धकालीन घटना र सन्दर्भसँग जोडिएको छ । 
जसमा युद्धको लागि आवश्यक आर्थिक स्रोत र हतियार जुटाउन उनले भारत विरोधी अन्डरवल्र्ड डन दाउन इब्राहिमलाई साथ दिएको दाबी गरिएको छ । भारतीय नक्कली नोट र हतियारको व्यापारसम्बन्धी कारोबारमा प्रचण्ड–दाउद कनेक्सन इंगित गर्ने त्यो प्रमाण नै प्रचण्डको तेजोबध गर्ने सबैभन्दा बलियो हतियारको रुपमा दक्षिणले प्रयोग गर्दै आइरहेको बताइन्छ । 
प्रचण्डलाई दिल्लीको इशारामा नाँच्न बाध्य पार्ने यो गोप्य शक्तिबारे दिलिप शरणकोटी नामक एक माओवादी राज्य समिति सदस्यले जानकारी पाए । उनले आफ्नो सुप्रिमोलाई ठूलै सूचना दिने उद्देश्यले रिपोर्टिङसमेत गरे तर प्रचण्ड मौन बसे । कुनै प्रतिक्रिया जनाएनन् । 
उनको त्यो रहस्यमय मौनता अझैसम्म कायम छ । अहिलेको प्रमुख प्रश्न के हो भने, देशको प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले यसबारे आम जनतालाई जनकारी दिनुपर्छ कि पर्दैन ? जनआस्था साप्ताहिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK