×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इटहरीको यौनबजार : धनाढ्य खोज्छन् तेस्रोलिंगी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इटहरीको यौनबजार : धनाढ्य खोज्छन् तेस्रोलिंगी !

Artha Sarokar

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम


इटहरी बजार । एउटा ब्यस्त बजार । तर यो व्यस्तता भित्रको नाखोतालिएको वा खोतल्न नचाहिएको पाटो फरक छ । जसलाई डिस्कभरी न्यूज  नेटवर्क  एक फरक समाचारको स्वरूप दिएको छ ।    



इटहरी –

घटना १–
शनिबार राती ११ बजे । इटहरी पश्चिम खेती खोला नजिक । करिब चार जना युवा । र दुई युवती । युवा र युवतीवीच पैसाको बार्गेनिङ्ग हुँदै थियो । मध्यरातको अध्यारोमामा सबारीको हेडलाईट आउथ्यो । उज्यालो किरणमा निकै आर्कषक अनि छोटा पहिरन लगाएका दुई युवती देखिन्थे । र संवादमा उनीहरु भन्दै थिए, ‘एक हजार दिए मात्र हुन्छ’ ।
करिब १० मिनेट संवाद चल्छ । दुवै युवती पाँच सयमा युवासँग सहकार्यका लागि तयार हुनछन् । युवा सबारी साधनमा काम गर्ने चालक तथा सहचालक जस्ता देखिन्थे । एकैछिनमा नजिकै रहेको एउटा ट्रक भित्र एक जोडी पस्छन् । करिब ७० मिटर वरबाट यो दृश्य हेर्दा लाग्थ्यो, ती युवती मोडेल भन्दा कम थिएनन् । १० मिनेट पश्चात फेरी अर्काे जोडी सोही ट्रकमा पस्छन् । सडक र ट्रकमा करिब ४५ मिनेट विताएपछि युवती आप्mनो बाटो लाग्छन् । पछि सडक वत्तिको प्रकाश ती युवतीको पहिचान खुलायो, उनीहरु तेस्रोलिंगी थिए ।

घटना २
आइतबार पनि इटहरीको धरानलाईनस्थित नेपाल बैक अगाडी यस्तै दृश्य देखियो । रातको करिब १० बजेको समयमा एउटा कालो कार राजमार्ग छेउमा टक्क रोकियो । कार रोकिएको केही मिनेटमा दुई निकै आकर्षक युवती कारमा रहेका व्यक्तिसँग पैसाको बार्गेनिङ्ग शुरु गरे । पछि पैसामा सहमत भएपछि सोही कारमा ति युवती धरान तर्फ लाग्छन । ती पनि तेस्रोलिंगी नै थिए ।
इटहरीमा मध्यरातमा यस्ता दृश्य र घटना सामन्य बनेका छन् । छोटो स्कर्ट, अनुहारमा रातो लाली अनि शरिरका अन्य अंगलाई निकै नै कामुक बनाउने पहिरन । अनि सडकमा यात्रा गर्नेहरुसँग संवाद । इटहरीमा तेस्रोलिंगीहरु यस्तो काममा देखिन थालेका छन् ।
तेस्रोलिंगी अर्थात यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्ति हुन । तर पछिल्लो केही महिना यता इटहरी क्षेत्रमा उनीहरु रातको समयमा निस्कने र यौन बिकृतीमा सरिक हुन थालेको स्थानीयहरु बताउँछन् । उनीहरुले एक व्यक्तिसँग अप्राकृतीक यौन सम्पर्क गरेवापत ५ सय देखी २ हजार रुपैंया सम्म लिने गरेका छन ।
प्राय रातको १० बजेपछि तेस्रोलिंगी बजारका ग्राहक खोज्न शुरु गर्छन । प्राकृतिक रुपमा यौन सम्बन्ध नभएपनि (मुखमैथुन र गुुद्धद्धारमैथुन) गरेवापत उनीहरुले शुल्क लिने गरेका छन् । प्रहरीले पनि कतिपय अबस्थामा मुखमैथुन गरिरहेका केहीलाई रङ्गेहात पक्राउ समेत गरिसकेको छ ।
उनीहरु पैसामा सहमत भएपछि रातको समयमा सडक आसपास तथा लजमा समेत गएर यौनक्रिया गर्ने गरेको स्थानीयहरु बताउँछन् ।
इटहरीमा एक बर्ष अघि खुलेआम संञ्चालन भएको यौन व्यवसाय नियन्त्रणमा आएपछि अहिले इटहरीमा तेस्रोलिंगीले बिृकती भित्राउन थालेका हुन । होटल, रेष्टुरेन्ट तथा लजमा युवती नै राखेर व्यवसाय गर्ने इटहरीका रेष्टुरेन्ट, लज तथा होटल अहिले प्राय सबै बन्द छन् ।
तेस्रोलिंगीका कारण अहिले यौन बिकृती बढेको जनगुनासो समेत बढ्न थालेको छ । इटहरी पश्चिम लाईनमा होटल व्यवसाय गर्ने दुर्गा बहादुर बिकले रातको समयमा उनीहरुको होहल्ला र क्रियाकलापले इटहरीको बेइज्जत हुन थालेको बताउँछन । ‘दिनमा नदेखिने उनीहरु रातमा कहाँबाट आउछन’ ? बिकले प्रश्न गरे ।
बिकका अनुसार रातमा बिषेश गरी ट्रकका चालक तथा सहचालकसँग उनीहरुसँग भेटिन्छन । यो बिषयमा प्रशासन र इटहरीका सरोकारवाला निकायले सोच्नु पर्ने समय आएको होटल व्यवसायी बिकको भनाई छ ।
यस्तै इटहरीको लविपुर क्षेत्रमा पनि रातको समयमा तेस्रोलिंगीका कारण बिकृति बढेको जनगुनासो छ । त्यस क्षेत्रमा प्राय बढी ट्रक पार्किङ्ग गर्ने स्थान भएकाले पनि उनीहरुको उपस्थिति बढी हुने गर्छ । लविपुरका स्थानिय एवम होटल व्यवसायी गौतम साहले तेस्रोलिंगीका कारण यस क्षेत्रमा यौन बिकृति बढिहरेको बताए । ‘कहिले ट्रक भित्र त कहिले झाडी तिर खुलेआम रुपमा ट्रकका चालक तथा सहचालकसँग मुखमैथुन तथा अन्य कार्य गरिरहेका हुन्छन, यो बिकृति नभए के हो ?’ उनले भने, ‘हामीले उनीहरुलाई धेरै पटक सम्झायौ, पक्रायौ पनि तर उनीहरु फेरी रातको समयमा आउँछन ।’
कतिपय तेस्रोलिंगीले इटहरीलाई आधार बनाएर व्यवसाय नै संञ्चालन गरेका पनि छन् । उनीहरु फोन कन्ट्याक मार्फत इटहरीका बिभिन्न स्थानमा आप्mना ग्राहक खोज्छन र बोलाउँछन ।

धनाढ्य समेत उनीहरुका ग्राहक
इटहरी भित्र तेस्रोलिंगी या समलिंगीका ग्राहक धनाढ्य समेत छन । उनीहरुलाई लिन चिल्ला कार देखी स्कारपियो सम्मका गाडी रातमा भेटिन्छन् । नयाँ अनुभवको निम्ति धनाढ्य उनीहरु प्रति आकर्षित हुने गरेको एक होटल व्यवसायीले बताए ।
इटहरीका एक होटल व्यवसायीका भन्छन्, ‘तेस्रोलिंगीसँग रात बिताउन राम्रा अनि धनाढ्य व्यक्तिले रुम बुक गर्छन ।’केही महिना अघि इटहरीको निकै राम्रो सुबिधा सम्पन्न होटलमा प्रहरीले छापा मार्दा मारवाडी समुदायका एक व्यक्ति एक तेस्रोलिंगीसँग फेला परेका थिए । तेस्रोलिंगीका ग्राहक बढीमा सबारी चालक नै हुने गरेका छन । रातको समयमा मापसे सेवन गरेर हिडेकाहरु पनि उनीहरुका ग्राहक हुने गर्दछन ।
के भन्छ सम्बन्धित निकाय ?
तेस्रोलिंगी तथा समलिंगीको हक अधिकार तथा संरक्षणको बिषयमा धेरै संघसंस्था नेपालमा छन् । त्यस संस्थाहरु मध्ये एक हो नील हिरा समाज । यस संस्थाले तेस्रोलिंगी तथा समलिंगीहरुको एचआईभी, यौन स्वास्थ्य र मानव अधिकारको बिषयमा आप्mनो अभिभावकत्व प्रदान गर्दै आएको छ ।
इटहरी क्षेत्रमा तेस्रोलिंगीका कारण यौन बिकृती बढेको बिषयमा इटहरी स्थित नील हिरा समाजको जिल्ला स्तरीय कार्यालयका कार्यक्रम संयोजक बिनोद वाग्लेले त्यस्तो बिकृति नदेखिएको बताए ।
 इटहरी क्षेत्रमा रातको समयमा तेस्रोलिंगीका कारण यौन बिकृति बढेको बिषयमा आफुलाई कुनै जानकारी नभएको उनले बताए । ‘उहाँहरु रातको समयमा घुम्न निस्कनुभयो होला । तर, यौन विकृतिमा नै संलग्न भएको भन्ने होइन ।’ बिषय गम्भीर रहेको बताउँदै कार्यालयले तत्काल अनुगमन गर्ने कार्यक्रम संयोजक वाग्लेले जानकारी दिए ।
के भन्छ प्रशासन ?
इलाका प्रहरी कार्यालय इटहरीका यस अघिका डिएसपी बिनोद शर्माले इटहरी क्षेत्रमा संञ्चालित खुलेआम यौन व्यवसाय ठप्प नै गरिदिए । होटलका संञ्चालिकालाई मानव बेचबिखनमा मुद्धा नै दर्ता गरी जेल चलान भएपछि अहिले इटहरीमा यौन व्यवसाय निर्मुुल प्राय बनेको छ । अहिलेका डिएसपी ओम अधिकारीले पनि इटहरीको यौन व्यवसायलाई थप नियन्त्रणमा ल्यान सफल पनि छन ।
तर पछिल्लो केही महिना देखी प्रहरीलाई पनि चुनौति दिदै इटहरीमा तेस्रोलिंगीहरुको यौन बिकृति बढ्ने खतरा बढेको छ । ‘हामी यस बिषयमा सचेत छौ’ डिएसपी ओम अधिकारीले भने, ‘गुनासो बढेपछि हामीले पनि कडाई गरिरहेका छौँ ।’
पक्राउ गरेर हिरासतमा राख्न गाह्रो हुने भएकाले पनि गस्तीले फेला पारे सम्झाएर पठाउने मात्र गरेको डिएसपी अधिकारी बताउँछन । तेस्रोलिंगीका कारण इटहरीमा यौन बिकृती नबढाउन उनीहरुका संघसंस्था सचेत हुनुु पर्ने अधिकारीको तर्क छ । ‘यदि पैसामा यौन क्रियाकलाप भए उनीहरुलाई पक्राउ गरी हामी कारबाहि अगाडी बढाउँछौ ।’ इटहरीका डिएसपी अधिकारीले भन, ‘यो सामाजिक अपराध हो ।’

यौन रोगको जोखिम
चिकित्सका अनुसार पनि प्राकृतिक भन्दा पनि अप्राकृतिक यौन सम्बन्ध निकै जोखिम हुने गरेको बताउँछन् । तेस्रोलिंगीहरु मध्ये केहीमा एड्स तथा अन्य यौन रोगबाट बिरामी हुन्छन् । त्यस कारण पनि उनीहरुसँग गरिएको मखमैथुन र गुुद्धद्धारमैथुन घातक हुन सक्छ । हुुन त तेस्रोलिंगीहरुले अप्राकृतिक रुपमा यौन सम्पर्क राख्दा अस्थाई साधन तथा लुब्रिकेन्ट प्रयोग गर्ने गरेका हुन्छन् । तर जोखिम भने सदैव रहने चिकित्सको दाबी छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी