
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सपना प्रधान मल्ल भावी प्रधानन्यायाधीशको सपना बोकि सोमबारदेखि सर्वाेच्च अदालतमा पाइला टेकेकी छिन् । सर्वाेच्च अदालतमा उनले दायर गरेका कतिपय रिटमा भएका फैसलाले महिलाको अधिकारलाई सुरक्षति गरेको छ ।
२०२० साल कार्तिकमा नवलपरासी जन्मिएकी सपना पाँच कक्षासम्म आफ्नै गाउँमा अध्ययन गरेकी थिइन । ६ कक्षामा पढ्न उनी राजधानी आएकी थिइन । नेपाल आर्दश माध्यामिक बिद्यालयबाट एसएलसी र नेपाल ल क्याम्पसबाट कानुन पढेकी सपना सानोमा इन्जिनियर बन्ने योजना थियो । तर उनी समयको क्रमसँगै नेपालको भावी प्रधानन्यायाधीश बन्ने भएकी छिन् ।
अध्ययन सकेर भारतबाट फर्के लगतै उनी नेपाल प्रहरीको असईमा जागिरे बनेकि थिइन । त्यसपछि उनी कानुनी पेशामा आएकी थिइन । तर सपना प्रधान मल्लले भने आफु नेपाल प्रहरीको असई भएको कुरा कतै पनि सार्वजनिक गर्ने गरेकी छैनन् ।