Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार डटकमका प्रबन्ध सम्पादक अधिकारी नेपाल पत्रकार महासंघ (भारत साखा) को सचिव पदमा निर्वाचित

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
अर्थ सरोकार डटकमका दिल्ली ब्युरो प्रमुख एवं प्रबन्ध सम्पादक ऋषि राम अधिकारी नेपाल पत्रकार महांसघ भारत साखाका सचिव चुनिएका छन् । शनिबार बसेको बार्षिक भेलाको बैठकले उनलाई सचिवको रुपमा चुनेको हो । उनी निर्विरोध रुपमा चुनिएका थिए ।

शुभम् मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका सिए सरोकार डटकमबाट पत्रकारिता यात्रा सुरु गरेका अधिकारी हाल सिए सरोकार डटकमका सह सम्पादक छन् भने अर्थ सरोकार डटकमका प्रबन्ध सम्पादक एवम् भारत ब्युरो प्रमुख छन् ।
हाल सिए फाइनल अध्ययन गरिरहेका अधिकारी नेपाली लेखा व्यवसायमा पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै पुरस्कृत समेत भइसकेका छन् ।
अर्थ सरोकार डटकम ऋषि राम अधिकारीको यो सफलताको लागि उनलाई बधाई दिन चाहान्छ भने उनको यो सफलताको लागि गर्व गर्दछ ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK