
कोच्ची। साबजी ढोलकीया गुजरातको सुरतमा हिराको व्यापार गर्छन्। उनको कम्पनी हरे कृष्णा डायमण्ड एक्सपोर्ट ६० अर्व भारु(एक खर्व नेपाली रुपैयाँ)को कम्पनी हो। यसको कारोवार ७१ देशमा फैलिएको छ। सावजीले चाहने हो भने विश्वको सबै सुविधा छोरालाई दिन सक्छन् ।
तर उन अलग छन्। सावजीले आफ्ना २१ वर्षका छोरा द्रव्य ढोलकीयालाई एक महिना साधरण जीवन विताउन र नोकरी गर्न आदेश दिए। द्रव्य अमेरिकाबाट व्यवस्थापनको पढाइ गरेर छुट्टिमा भारत आएका थिए। उनी २१ जुनमा बाबुको आदेशअनुसार तीन जोडी कपडा र सात हजार भारु लिएर दक्षिणको शहर कोच्ची पुगे। पिताको आदेश थियो, उनलाई जुन सात हजार भारु दिइएको छ त्यो पनि निक्कै ठूलो आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्ने। सावजी भन्छन्, मैले मेरो छोरालाई भनेको थिएँ, उसले आफ्ना लागि पैसा कमाउने काम गर्नुपर्नेछ।
उनलाई कुनै एक ठाउँमा एक साताभन्दा बढी काम नगर्न पनि पिताले आदेश दिएका थिए। उनलाई आफ्नो बाबुको पहिचान बताउन रोक लगाइएको थियो भने मोवाइल फोनको प्रयोग गर्न पनि निषेध गरिएको थियो। यहाँसम्म कि घरबाट जुन सात हजार भारु दिइएको थियो, त्यो पैसा पनि उनले सकेसम्म प्रयोग नगरुन। आफ्ना छोरालाई यस्तो शर्त राख्ने सावजी भन्छन्, म चाहन्थें मेरो छोरो जीवनलाई सम्झियोस, गरिवले कसरी काम गर्छन, उनीहरु पैसा र जागिर पाउनका लागि कस्तो संघर्ष गर्छन्। कुनै पनि विश्वविद्यालय तपाईंलाई जीवनका बारेमा यी कुरा सिकाउन सक्दैनन्। यो खाली जीवनको अनुभवबाट मात्रै सिक्न सकिन्छ।
सावजीको नाम यस पहिले त्यतिवेला चर्चा आएको थियो जतिवेला उनले बोनसको उपहारमा कर्मचारीलाई २०० वटा फ्ल्याट र ५०० वटा गाडी बाँडेका थिए। छोरा द्रव्यले पनि पिताले दिएको चुनौती स्वीकार गरे। उनी यस्तो ठाउँमा जान चाहन्थे जहाँको परिस्थिति उनी अनुकुल नहोस्। यहाँसम्मकी त्यहाँको भाषा पनि उनले जानेभन्दा फरक होस्। सावजी भन्छन्, छोराले कोच्ची जाने निर्णय गर्यो। किनकि उसलाई मलायम आउँदैन्थ्यो। र त्यहाँ हिन्दी सामान्यतया बोलिंदैन्थ्यो। आफ्नो कामको अनुभववारेमा द्रव्य भन्छन्, सुरुको पाँच दिन मसँग न नोकरी थियो न बस्नका लागि बास। मैले ६० ठाउँमा नोकरी माग्न गएँ र त्यहाँ मलाई जागिर दिइएन।
मलाई जीवनमा पहिलोपटक थाहा भयो, जीवनमा जागिरको कति ठूलो महत्व छ। जहाँ जागिर माग्न जान्थे उनले त्यहाँ आफू गुजरातको गरिव परिवारमा जन्मिएको र १२ कक्षासम्म मात्रै पढ्न सकेको झुठो कहानी बनाए। द्रव्यले पहिलो जागिर बेकरीमा पाए। फेरी उनले कल सेन्टरमा काम गरे अनि जुत्ताको पसल हुँदै म्याकडन्ल्ड्समा काम गरे। पुरै महिना अलग अलग ठाउँमा काम गरेपछि महिनाको अन्त्यसम्म उनले चार हजार भारु कमाए। द्रव्य भन्छन्, मैले पहिले कहिल्यै पैसाको चिन्ता लिइन्, तर जब उनी कोच्ची पुगे। तव उनलाई दैनिक ४० रुपैयाँको खानाका लागि संघर्ष गर्नुपर्यो। लजमा सुत्नका लागि उनलाई २५० भारु चाहिन्थ्यो। द्रव्य मंगलवार एक महिनापछि घर फर्किए। आफ्नो देशको राम्रो याद लिएर द्रव्य ५ अगस्टको न्युयोर्क जाँदैछन्। जहाँ उनी बीबीए पढ्नेछन्। बिजमांडूमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्