- दिक्षा कट्टेल / अर्थ सरोकार डटकम
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को भवन निर्माणका लागि स्थापना गरिएको कोषमा रकम जम्मा गर्ने काम पुन: सुरु भएको छ । उक्त कोष धेरै अगाडी स्थापना भएको भएपनि भवन खारिदका लागि आबश्यक रकमभन्दा निकै कम रकम मात्र उक्त कोषमा जम्मा भएको थियो ।
अध्यक्षले गरेका एक लाख सहयोग :
उक्त कोषमा रकम जम्मा गर्ने क्रममा एक्यानका हालका अध्यक्ष हरि सिलवालले एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एक्यानका नाममा उक्त रकम जम्मा गरिसकेका छन् । यस्तै उक्त कोषमा एक्यानका उपाध्यक्ष आनन्द शर्मा वाग्ले, महासचिव सन्तोष लम्साल र कोषाध्यक्ष दुर्गा प्रसाद ज्ञवालीले जनही ४० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै संघका कार्यकारी समितिका सदश्यहरुले पनि जनही १५ हजारका दरले सहयोग गरेका छन् ।
फ्ल्याट किन्ने वा भवन बनाउने भन्ने निर्णय गर्न बाँकी छ :
यसै बीच संघले स्थापना गेरको कोषमा जम्मा भएको रकमले भवन किन्ने, फ्ल्याट किन्ने वा के गर्ने भन्ने हाम्रो प्रश्नमा संघका कोषाध्यक्ष दुर्गा प्रसाद ज्ञवालीले उक्त निर्णय भइनसकेको र कोषमा जम्मा भएको रकमका आधारमा उक्त निर्णय हुने बताएका छन् ।
यहि अनुपातमा रकम जम्मा हुन गाह्रो :
एक्यानको भवन निर्माणका लागि स्थापना गरिएको कोषमा यस अघि पनि केहि रकम थियो । तर हरि सिलवालको एक लाख सहयोग वा अन्य सदस्यको केहि हजार सहयोगले एक्यानको भवन निर्माणका लागि रकम जम्मा हुन गाह्रो छ । तर सबै सदश्य जागरुक भएको खण्डमा भने राम्रो रकम जम्मा हुने तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।
शुभम् मिडिया प्रालिको पनि एक्यबद्धता :
बिगत केहि बर्षदेखि चार्टड एकाउन्टेन्सी सम्बन्धि पत्रकारिता अभियानमा लागेको सिए सरोकार र आर्थिक मुद्धाहरुमा केन्द्रित अनलाइन पत्रिका अर्थ सरोकार डटकम संचालक कम्पनी शुभम् मिडिया प्रालिले पनि एक्यानको यो कार्यमा एक्यबद्धता जनाउने भएको छ । ‘हामी सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता अभियानमा छौं । एक्यानले गरेको यो रकम संकलनको कार्यक्रममा हामी रु ५००० सहयोग गर्छौं । ‘ शुभम् मिडिया प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने ।