×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय गच्छदारले खरिद गरे सात करोडको बंगला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विजय गच्छदारले खरिद गरे सात करोडको बंगला

Artha Sarokar

१० श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बिजय कुमार गक्षदारले सात करोडको बंगला किनेका छन् । सुशिल कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री  रहेका रामशरण महतले वूढानिलकण्ठमा १८ करोडमा वंगला बनाउदै गरेको खबर सेलाउन नपाउदै विजय गच्छदारले समेत त्यही क्षेत्रमा ७ करोडमा बंगला खरिद गरेको खबर प्राप्त भएको छ ।
बिगत लामो समयदेखि मन्त्री हुँदै आएका उनी वावुराम भट्टराई प्रधानमन्त्री हुँदा उपप्रधान सहित गृह मन्त्रालय लिएका उनी केपी ओलीको मन्त्रीमण्डलमा भौतिक योजना मन्त्री रहे । प्रहरीहरुको सरुवा वढुवामा राम्रै शूभलाभ हात पारेको चर्चामा समेत नाम मुछिएका उनले भौतिक योजना मन्त्रालय जस्तो मालदार मन्त्रालय हातमा लिएर यताबाट समेत राम्रै रकम आर्जन गरेको चर्चा चलेको थियो । 
यही रकमलाई तह लाउने उद्धेश्यका खातिर काठमाडौंको वूढानिलकण्ठमा सात करोड बराबरको वंगला गोप्य रुपमा अरुकै नाममा खरिद  गरेको स्रोतको दावी छ ।
ओली सरकारमा बसेको ६ महिनामै बुढानिलकण्ठ नगरपालीका वडा १० मण्डिखाटारस्थित  सुशील शम्सेर राणा (सुशिल राजा)को घर र २७ आना जग्गा पहिला खुमबहादुर खड्काले बेचेको रु ७ करोडमा कसैको गुप्त नाममा खरीद गर्न सफल भएको बुझिएको छ । सुशिल पूर्व गृह सचिव समेत हुन । यसरी पूर्व गृहसचिवको घर अन्तत घुमिफिरी पूर्व गृहमन्त्रीको हातमा आइपुगेको स्रोतको दावी छ ।
सो भब्य महलमा अहिले सशस्त्रप्रहरीले २४ सै घण्टा पहरा दिइरहेको छ । हरेक नयाँ सरकार बन्दा मन्त्री, उपप्रधामन्त्री बन्नै पर्ने  प्रशस्तै विकास बजेट भएको मन्त्रालय नै चाहिने गच्छदारले अब बन्ने सरकारमा भने भाग नपाउने भएका छन् ।
छोरा सुवासको धुमधामसंग बिहे गरेका उनले काठमाण्डौं नयाँबानेश्वरकी यूवती सृष्टि कार्कीलाई बुहारी बनाएर घरमा भित्राएका थिए । गत साउन १ गते  भद्रकालीस्थित सैनिक मुख्यालयभित्र रहेको त्रिभुवन आर्मी अफिसर्सक्लवमा गच्छदारले झण्डै चार हजारलाई बोलाएर भोजदिएका थिए । भोजका एक करोड रुपैंया भन्दा धेरैको खर्च गर्दै महंगा विदेशी रक्सी इच्छाअनुसारको कक्टेल दिएका थिए ।
स्मरण रहोस,विजय गच्छदारले नाता जोडेका विनयध्वज कार्की अख्तियार प्रमुख लोकमान सिंह कार्कीका आफन्त समेत हुन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी