
काठमाडौं/ कुमारी बैंक बाहिरिए पनि अन्य ४ वटा राष्ट्रियस्तरका विकास बैंकसँग मर्जरमा जान लागेको एनसीसी बैंकको नाम फेरिने पक्का भएको छ । स्वाप रेसियोदेखि सबै बिषय टुंगिए पनि अब नामको विवाद मर्जर कमिटीमा पुगेको हो । यसअघि नामबारे पनि टुंगो लागिसकेको थियो ।
तर, कुमारी बैंक बाहिरिएपछि पुन: नामको विवाद आएको हो । यसअघि एनसीसी र कुमारी दुबै ठुला बैंक भएकाले अन्य साना बैंकले नामबारे आफनो धारणा राख्न पाएका थिएनन् । ‘कुमारी र एनसीसीलाई मिलाएर ‘केसीसी बैंक लिमिटेड’ राख्न सहमति यसअघि भएको थियो ।
कुमारी बाहिरिएका सन्दर्भमा उक्त नाम नराख्ने बिषयमा कमिटि संयुक्त मर्जर कमिटि भित्र एकमत देखिएको छ। मर्जरपछिको नामको विषयमा राष्ट्र बैंकबाट समेत प्रतिनिधित्व गर्ने एनसीसीका सञ्चालकहरूले एनसीसी नै नाम राख्नुपर्ने, यसो गर्दा झन्डै करोड रुपैयाँभन्दा बढी रकम बचत हुने तर्क गरिरहेका छन् । शेयर बजार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्