Skip to content
LAXMI SUNRISE BANK

लोकमान सिं भ्रष्टाचारी भएको भन्दै हिसिला यमीको विरोध !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं– गोबिन्द केसीको समर्थनमा जम्मा भएका समर्थकहरुको भीडमा आज केहि रोचक कुराहरु पनि देखिए । हिसिला यमीले नेतृत्व गरीरहेको र्यालीक एक समूह नयाँ वानेश्वरतर्फ अघि बढ्ने क्रममा एक अशोभनीय नारा लाग्यो–‘यसपालीको हैजा लोकमानलाई लैजा !’

उक्त जुलुसमा ‘तिन करोड नेपालीको स्वास्थ्यमा खेलवाड किन ?, बोल बोल सांसद बोल, बेथितीको जालो खोल, माफियाको मिसन, सिटामोलमा पनि कमिसन !, डाक्टर केसीको अनसन, मेडिकल माफियालाई टेन्सन !, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा !’ भन्ने नाराहरु समेत लगाइएको थियो ।

‘सोल्डारिटी फर डा केसी’ नाम दिइएको उक्त र्यालीमा चिकित्सा शिक्षा अध्यनरत विद्यार्थी, डाक्टर, स्वतन्त्र युवा, नर्स, समाजका बुद्धिजीवी लगायतको पनि उपस्थिति थियो ।

 लोकमान कार्की भ्रष्ट भएको भन्दै हिसिला यमीको नेतृत्वमा भ्रष्टाचारविरोधी नारा लगाइएपछी भने यो प्रसँग उक्त र्यालीमै पनि राम्रैसँग उठ्यो । यमी आफैं भ्रष्टचार प्रकरणमा मुछिएको भन्दै बेलाबेलामा विवादित हुँदै आएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK