
सत्तारुढ दलले संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलाई अविश्वासको प्रस्ताव विफल बनाउनका लागि ५२ करोड रुपैयाँको अफर दिएको समाचार रातोपाटीमा प्रकाशित भएपछि सत्तारुढ दल र यादव दुवैबाट प्रतिक्रियाहरु बाहिर आएका छन् । दुवै पक्षले यो समाचार सत्य नभएको दाबी गरेका छन् ।
यता रातोपाटीले भने गठबन्धन र यादवकै पार्टीका चार नेताहरुसँग गरेको अडियो प्रमाण सुरक्षित रहेको दावी गरेको छ । तर, नेताहरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेपछि हामीले नेताहरुको नाम र सबै अडियो भने सार्वजनिक नागरेको रातोपाटीको दावी छ । आवश्यक निकायमा अडियो प्रमाणहरुलाई रातोपाटी तयार रहेको समेत उक्त अनलाइनको दावी छ हेर्नुहोसे रातोपाटीले राखेको अडियो प्रमाण :