
सल्यान –सल्यान कुपिण्डे ४ ज्यामिरेमा बोक्सी र भुत भगाउने भन्दै एक महिलालाई दिसा खुवाइएको छ ।
कुपिण्डे गाउँ विकास समिति वडा ५ अधेरीकी २० वर्षिया सेती परियारलाई क्रिश्चियन धर्मगुरु डल्लु सुनारले सिस्नोपानीले मरणासन्नहुने गरी यातना दिई दिसा खुवाएका हुन् ।
पेट दुखेको छ भन्दै चर्चमा पुगेकी परियारलाई सुनारले बोक्सी तथा भुत लागेको र सो सिस्नोले हार्नु पर्छ भन्दै यातना दिएको र अन्तिममा दिशा खुवाएको स्थानीय विष्णु नेपालीले जानकारी दिए । उनले आफुसँग उक्त घटनाको मोवाइलमा रेकर्ड समेत रहेको बताए ।
गत जेष्ठ २३ गते उक्त घटना घटेको भएपनि पिडित परियारको अवस्था नाजुक बन्दै गएपछि आज घटना सार्वजनिक भएको हो ।
शारिरिक यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विग्रिएको बुवा शितल परियारले जानकारी दिए । उनले भने, ‘छोरी पेट दुख्यो भनेर चर्चमा गइछ, पावलले तलाई भुत लागेको छ भनेर सिस्नो पानी र दिशा खुवाए छ, त्यसपछि छोरी अर्ध वेहोस भएकी छ , मानसिक सन्तुलन पनि ठिक छैन् ।
चर्चमा सहभागिहरुले परियारलाई यातना नदिन आग्रह गरेपनि सुनारले धम्की दिएको र घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पिडितका ससुरा बिजुली परियारले बताए ।
‘ क्रिचियन धर्ममा आस्था राख्ने भएकाले भगवानले ठिक पार्नु हुन्छ की भन्ने लागेर पहिले कोही बोलिएन, तर बुहारीको अवस्था दिनदिनै विग्रिदै जान पुग्यो’, सासु गंगा परियारले भनिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्