
मर्दीखोलाबाट पोखरामा खानेपानी ल्याउन प्रयोग गरिएको पाइप जोगाउन खानेपानी संस्थानले बर्सेनि लाखौं खर्चिन्छ । २० र १६ इन्चका पाइप गाडेको ठाउँमा सेती कटान रोक्न तार जाली लगाउँछ ।
तर ती तारजाली दिनहुँजसो काटिन्छन् । खानेपानी संस्थान पोखरा प्रमुख नीरण महर्जन भन्छन्, ‘पाइप जोगाउन हामी काम गर्दै जान्छौं रातारात तारजाली काटेर ढुंगा निकालिन्छ ।’ खोलाबाट ढुंगा बालुवा गिटी निकाल्ने नाममा तार जाली नै काटेर ढुंगा निकाल्ने गरिएको उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघले गरेको पोखराको खानेपानीको समस्या र समाधानका उपाय विषयक अन्तरक्रियामा प्रमुख महर्जनले सेती कटानले मुख्य पाइप लाइन नै जोखिममा परेको बताए । पाइप जोगाउन तटबन्ध निर्माण गर्न बजेट अभाव रहेको उनको भनाइ थियो । ‘मर्दी खोलाको गिटी बालुवा निकाल्न जिल्ला विकास समितिले ३०÷४० लाखको टेन्डर निकाल्छ,’ उनले भने, ‘नदी कटान रोक्न करोडौं रुपैयाँ खर्चिनुपर्छ ।’
मुहान संरक्षण, मर्दी खोला क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, नदी कटान नियन्त्रण तथा पाइपको संरक्षण, प्रभावित क्षेत्रका नागरिकले भोग्नुपरेको समस्या समाधान, व्यवस्थित र प्रभावकारी वितरणको काम तत्काल थाल्न प्रणाली अपनाउन अन्तरक्रियाका सहभागीले बताए ।
‘पोखरेलीमा आउने खानेपानीको स्रोत मर्दी खोला किनारमा लास पोल्ने, ढुंगा, गिट्टी बालुवा निकाल्ने, ट्वाइलेटका पाइप सिधै खोलामा फाल्नेसम्मका काम भएका छन्,’ मर्दीखोला सरोकार समितिका पूर्वअध्यक्ष गोपाल गिरीले भने ।
समिति उपाध्यक्ष राम गुरुङले खानेपानी परियोजनाले हरेक वर्ष २० सेन्टिमिटर ड्याम बढाउँदा स्थानीयको जग्गा डुबानमा परेको बताए । उनले पोखरेलीले शुद्ध पानी खान पाउन् भन्ने स्थानीयको भावनालाई नलत्याउन आग्रह गरे ।
स्थानीय नवराज अधिकारी, खिमबहादुर थापा र विष्णुप्रसाद लामिछानेले परियोजनाकै कारण मर्दी किनारका खेत नै बगाएको बताउँदै यस्तै परिस्थिति रहे पानीको मुहानका बासिन्दा आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए ।
यसैगरी, पोखरामा दैनिक २ करोड लिटर पानी अपुग रहेको संस्थान प्रमुख महर्जनले बताए । दैनिक ६ करोड ५० लाख लिटर पानीको आवश्यकता भए पनि ४ करोड ५० लाख लिटरमात्र आपूर्ति गर्न सकिएको उनले बताए । पोखरामा ५० प्रतिशत जनताले संस्थानको पानी नपाएको तथ्यांकले देखाएको छ ।
चार वर्षभित्र पोखरेलीले विश्व स्वास्थ्य संगठनले तोकेको मापडण्ड अनुसारको शुद्ध खानेपानी पाउने भएका छन् । जापानी सहयोग नियोग (जाइका) ले पोखराको खानेपानी आयोजनाको लागि करिब ५ अर्ब अनुदान सहयोग दिने भएको हो । नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरलीको शुद्ध खानेपानीको चाहना पूरा हुन लागेको जानकारी दिए ।
अध्यक्ष पोखरेलका अनुसार जापान सरकारले अनुदानबारे सैद्धान्तिक सहमति जनाए पनि अनुदान सम्झौता भने भइसकेको छैन । अनुदान दिने सम्बन्धमा जापान सरकारले सेप्टेम्बरमा अन्तिम निर्णय गर्नेछ भने अक्टोबरमा अनुदान सम्झौतामा हस्तारक्षर गर्ने कार्यक्रम छ ।
सम्झौता लगत्तै काम सुरु हुने र सन् २०२० को जनवरीसम्म आयोजनाको सम्पूर्ण काम सकिने उनले दाबी गरे । पोखराका सबै क्षेत्रमा खानेपानी पुग्ने गरी हुन परियोजनामा नयाँ प्रणालीबाट पानी वितरण गरिने उनले बताए । ‘यो परियोजनाअन्तर्गत खानेपानीको पाइप लाइन बिस्तार, ट्रिटमेन्ट प्लान्ट निर्माण र पोखराका विभिन्न ३ ठाउँमा रिजर्भवायर निर्माणको काम एकसाथ हुन्छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले शुद्ध खानेपानीको उपलब्धता पोखरेलीको सरोकारको विषय भएकाले यो परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता व्यक्त गरे । समाधान दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्