
काठमाडौं–सरकारले भूकम्प प्रभावितहरुको घर निर्माणमा सघाउन भन्दै ४ महिनाअघि पठाएका इन्जिनियर कामबिहीन भएका छन् । भूकम्प प्रभावितका घर बनाउने सम्झौतासमेत नसकिएपछि इन्जिनियरहरु कामविहीन भएका हुन् । काम नपाएपछि इन्जिनियरहरु कहिले गाउँ घुम्ने कहिले सदरमुकाम सहितका बजार डुल्ने र आलोपालो घर जाने गरेका छन् । भूकम्प प्रभावितका घर बनाउन भन्दै बैशाख दोस्रो सात नै सरकारले गाउँ गाउँ इन्जिनियर पठाएको थियो ।
सरकारले दोलखामा मात्र ८५ जना इन्जिनियर र ८६ जना सवइन्जिनियर तथा प्राविधिक सहयोगी खटाएको थियो । हरेक गाविस र नगरपालिकाका वडामा एक इन्जिनियर एक सव इन्जिनियर र एक सहयोगीको व्यवस्था गरिएको छ । इन्जिनियर परिचालनको काम सहरी विकास तथा भवन डिभिजन कार्यालयले गरे पनि सम्बन्धित गाविस तथा नगरपालिकाको काम गर्ने उल्लेख छ । आजको कारोबार दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्