
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेसँगै यो बिषयले सामाजिक संजालमा राम्रै स्थान पाएको छ ।
जनताले तिरेको करबाट आदित्य दाहाललाई दिइएको एक करोड किन र के कारणले दिइयो भन्ने प्रश्न हजारौं नागरिकले गरिरहेका छन् । यसै क्रममा आदित्य दाहालका बाबुको आर्थिक स्थिति राम्रै भएको र उनी भन्सारका कर्मचारी भएको खुलेको छ ।
एमाले निकट रहेका उनले पार्टीको पावर लगाएर सरकारको ढुकुटीबाट एक करोड रुपैयाँ प्रधानमन्त्रीमार्फत दिलाउन लगाएको आरोप धेरैले लगाएका छन् ।
यद्यपी यो निर्णय गराउन काँग्रेस र माओवादीको पनि सहमती भएको आरोप लगाउनेहरु पनि उत्तिकै छन् । सामाजिक संजालमा शेरबहादुर देउवा र नारायणकाजी श्रेष्ठको आदित्यसँगको फोटो यतिबेला भाईरल भएको छ । हेरौं सामाजिक संजालमा भाइरल भएका केहि तश्वीरहरु :



