
काठमाडौं–नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ । फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा भारुमा विद्युत खरिद गर्ने सम्झौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्युत प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदसँगै रिमोर्टमार्फत स्वित थिचेर यो परिमाणमा विद्युत आयातको शुभारम्भ गरेका थिए । विद्युत प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनीको प्लान्टबाट व्यापारिक कम्पनी एनटीपीसी विद्युत व्यापार निगम बीच आइतबार नयाँ मूल्यसमबन्धी सम्झौता भएको हो । आजको कारोबार दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्