
काठमाडौं – २ खर्ब ५० अर्ब रुपैयाँको लागत अनुमान गरिएको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत्त आयोजनासँग लोडसेडिङबाट पीडित जनतालाई राहत दिन सक्ने तागत छ । तर, यस्तो महत्वपूर्ण मानिएको आयोजना निर्माणको काम बेलैमा सक्ने भन्दा पनि यो आयोजनाबाट नाजायज फाइदा लिनेतिर मन्त्री र मन्त्रालय लाग्दा आयोजना निर्माण एकपछि अर्को अनिश्चित बन्दै गइरहेको छ ।
स्रोतका अनुसार, सुरुदेखि नै उर्जामन्त्रीबाट असहयोग झेल्दै आएको बूढीगण्डकी आयोजनाले हालका उर्जामन्त्री टोपबहादुर रायमाझीबाट थप असहयोग झेल्दै आइरहेको छ । आयोजना अघि बढाउनतिर भुत्लोभाङ केही पनि सहयोग नगरेका टोपबहादुरले बरु पछिल्लो समय आयोजना प्रमुख फेर्नेदेखि नियम मिचेर कर्मचारी भर्ती गर्नेसम्मका काम गर्न थालेका छन् । एकाध कार्यक्रमबाहेक बूढीगण्डकी आयोजना अघि बढाउने काममा सरिक नभएका टोपबहादुरले आयोजनालाई आफ्नो कार्यकर्ता भर्तीकेन्द्र बनाउन थालेपछि स्थानीय जनता आगो बन्न पुगेका छन् ।
नियम मिचेर कर्मचारी भर्ना
बाबुराम सरकारको पालामा बूढीगण्डकी जलविद्युत्त आयोजना विकास समितिको कार्यकारी अध्यक्षमा डा. लक्ष्मीप्रसाद देवकोटाले नियुक्ति पाएका थिए, उनको अवधि अझै ९ महिना बाँकी छ । आयोजनालाई साँच्चै सम्पन्न गराउनु पर्छ भन्ने भावना भएका गोरखाकै देवकोटाले आफ्नो कार्यकालमा कामलाई धेरै अगाडि समेत बढाएका थिए । तर, व्यक्तिको हितभन्दा पनि संस्थाको हित चाहने देवकोटा अघिल्लो सुशील कोइराला नेतृत्वको सरकारका उर्जामन्त्री राधा ज्ञवालीलाई मन परेन र कार्यकारी खोसिएर थन्किए । आन्तरिक संरचना खल्बलाउँदै देवकोटालाई हटाएर उनी भन्दा तल रहेका निर्देशक गोपाल बस्नेतलाई स्वार्थ अनुसार उपयोग गर्न कार्यकारी बनाइएयो ।
उतिबेलै उर्जामन्त्रीको मतियार बनेर ठडिएका इडी बस्नेतले काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिरको शैलीमा टोपबहादुरको स्वार्थअनुसार काम गरेको स्रोत बताउँछ । कतिसम्म भने बस्नेतले उर्जामन्त्री रायमाझीको लहैलहैमा लागेर विधि र प्रक्रिया नै नपुर्याइ कर्मचारी भर्ना गरेका छन् । आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका स्थायीबासिन्दालाई प्राथमिकतामा राखेर आयोजनाका लागि आवश्यक पर्ने कर्मचारी भर्ना गर्नुपर्ने भए पनि ईडी बस्नेतले टोपबहादुरको इशारामा ५० भन्दा बढी कर्मचारी हालै नियुक्त गरेका छन् । साँघु साप्ताहिकमा खबर छ ।
कार्यालय सहयोगीदेखि इन्जिनियरसम्मका पदमा भर्ना गरिएका ती अधिकांश कर्मचारी माओवादी कार्यकर्ता भएको चर्चा छ । माओवादी कार्यकर्तामा पनि अधिकांश रायमाझीको गृह जिल्ला अर्घाखाँचीको भएको बताइएको छ । गोरखाकी कांग्रेस नेतृ कमला पन्त र कृष्ण धितालले पाखुरा सोर्केर केही मान्छेलाई जागिर खुवाए पनि पनि नयाँ शक्तिको शक्तिको उदगम मानिने गोरखा र धादिङका कार्यकर्ता भने हेरेको हेर्यैं भएका छन् ।
कता पुग्यो आयोजनाको काम
बूढीगण्डकी आयोजना बन्दैछ भनेर निकै हल्लीखल्ली भइरहे पनि यो आयोजना कत्ति पनि अघि नबढेको जानकारहरु बताउँछन् । जानकार स्रोतका अनुसार, सुरुदेखि नै सरकार र उर्जा मन्त्रालयबाट असहयोग पाउँदै आइरहेको यो आयोजनाले अहिले थप उपेक्षाको महसुस गरिरहेको छ ।
प्राविधिक रुपमा डिजाइन, जीपिआर, मोडालिटी (कसले र कसरी बनाउने) भन्ने कुरा तीन वर्षदेखि विकास समितिले टुंगो लगाए पनि सरकार र मन्त्रालयले अझै निर्णय नदिएर अलमलमा पारेको आयोजनाका अधिकारीहरु बताउँछन् । कृषि तथा जलस्रोत समितिले नौ महिनाअघि मोडालिटी बनाएर १५ दिनभित्र दिने भने पनि सम्म दिएको छैन ।
‘टेन्डर डकुमेन्ट, डिटेल डिजाइन बनाएर निर्माणको चरणमा जाने अवस्थामा बूढीगण्डकी भए पनि यसलाई असहयोग गरेर झुलाइएको छ,’ स्रोतले भन्यो, ‘संस्थागत र आर्थिक जोहो गर्ने कुरामा पनि सरकारले निर्णय नगर्दा अन्योलता छ ।’ पर्याप्त आर्थिक स्रोत नहुँदा मुआब्जा र जग्गा अधिग्रहणको काम पनि हुन सकिरहेको छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्