Skip to content
LAXMI SUNRISE BANK

सेनाभित्र आर्थिक अपराध बढेपछि जर्नेलसँग सेनापति ‘फायर’ !

अर्थ सरोकार

काठमाडौं – नेपाली सेनाभित्र प्रचलित कानूनविपरीत हुने ठेक्कापट्टा, निर्माण र खरिदका काम कारवाहीहरु श्रृंखलाबद्ध रुपमा पत्रपत्रिकामा सार्वजनिक हुन थालेपछि प्रधानसेनापति राजेन्द्र क्षेत्री आक्रोसित बन्न पुगेको खबर छ ।
सेनाभित्र भएका आर्थिक अपराधका एकपछि अर्का फेहरिस्त श्रंखलाबद्ध रुपमा सार्वजनिक हुन थालेपछि आक्रोसित बन्न पुगेका प्रधानसेनापति क्षेत्रीले यसलाई रोक्न दुई महिनापछि २०७३ असोजमा अवकास हुने उपरथी सुन्दर पुडासैनीलाई खटाएर विकास निर्माणका केही जर्नेलहरुको सातो काड्न लगाएको खबर छ ।
२०७३ असार १९ गते नेपाली सेनाको इन्जिनियरिङ विभाग अन्तरर्गतका सहायक रथीहरु र अन्य दर्जाका अधिकृतहरुलाई उपस्थित गराएर उपरथी पुडासैनीले हप्कीदप्की गरेको चर्चा अहिले सैनिक वृत्तमा छ । साँघु साप्ताहिकमा खबर छ ।
सैनिक स्रोतकाअनुसार, उपरथी पुडासैनीले ‘पत्रपत्रिकामा निरन्तर समाचार पठाउने को हो ? किन विकास निर्माणको मात्रै समाचार प्रकाशित हुन्छन् ? सेनाभित्रैबाट नगए कहाँबाट जान्छ ? नेपाली सेना र विभागको बद्नाम गर्ने को हो ?’ भन्दै जर्नेलहरुको सातो काडेका थिए ।
यति मात्र होइन, उपरथी पुडासैनीले सूचना चुहाएर पत्रपत्रिकासम्म पु¥याउनेहरुलाई छानविन गरेर कारवाही गर्नेसम्मको धम्की दिएको बताइन्छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK